दलाल सरकार र दरिद्र नेपाल
दिल साहनी
मलाई लाग्दछ अमेरिका ट्रम्स, भारतका मोदी र नेपालका ओली एउटै प्रकारका शासक हुन् । देश ठूलो भएको हुनाले ट्रम्सको अगाडि मोदी फुच्चे लाग्नु, मोेदीका अगाडि ओली फुच्चे लाग्नु एउटा कुरा हो । यदि हामी ओलीलाई असल सफल शासक मान्दछौं भने हामीले मोदीलाई पनि असल सफल शासक मान्नु पर्दछ । यदि हामी मोदीलाई असल र सफल शासक मान्दछौं भने हामीले ट्रम्सलाई पनि असल र सफल शासक मान्नु पर्दछ । कुरा यो पनि छन् घटनाक्र्रमले मोदीलाई अमेरिकाको दलाल बनाइदिएको छ । ओलीलाई भारतको दलाल बनाइदिएको छ । उसरी हालमा आएर ओलीलाई पनि एकै साथ भारत र अमेरिकाको समेत दलाल बनाइदिएको छ । यी तिनै शाशक कानूनको शासन त भन्छन् तर यथार्थमा उनीहरू हिटलरको शासनमा विश्वास गर्दछन् । ऐन कानून र नीति नियम त यिनीहरूका हातीका देखाउने दाँत हुन् । तर पनि गजब छ यिनीहरूलाई आ आफनो मुलुकमा राज गर्ने जनादेश छ । यसैले उनीहरूले देश र जनतामाथि जति गद्दारी गरे पनि उनको हाई हाई गर्ने मान्छेको खडेरी परेको छैन । उनीहरूले देश र जनताको बिरोधमा बोले र काम गरे पनि उनको बोली र कामको मुक्त कण्ठले प्रशंसा गर्ने मान्छेको कुनै कमी छैन । हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्सको बिरुद्धमा बोल्ने मान्छे पनि छन् । तर थोरै छन् । भारतका प्रधानमंत्रीको बिरुद्धमा बोल्ने मान्छे पनि छन् । तर थोरै छन् । नेपालका प्रधानमंत्री के पी ओलीको विरुद्धमा बोल्ने मान्छे छन् । तर थोरै छन् । अक्सर शासकको बिरुद्धमा मान्छे किन बोल्न चाहँदैनन् भने त्यसले देश र जनतालाई फाइदा भए पनि आफूलाई व्यक्तिगत रुपमा घाटा नै घाटा छ । हो निस्वार्थ मान्छे मात्र साँचो बोल्न सक्दछ । साँचो बोल्ने मान्छे जहिले पनि दण्डित हुन्छ प्रतिक्रियावादी शासकको हातबाट । सोक्रटिशले सत्य बोल्न खोजे उनलाई हेमलक ( विष ) पिलाएर मारियोे । बुर्नोले साँचो बोल्दै भने सूर्य पृथ्वीको वरिपरि होइन कि पृथ्वी नै सूर्यको वरिपरि घुम्दछ भने उनलाई खुलामंचमा खडा गरेर जिउँदै जलायो चर्चले । ग्यालिलियोले सत्य बोल्न खोज्दै यही कृुरा दोहाराउन खोजे उनलाई जेल पठाइयो । सत्य ओकल्न लगाइयो । सत्य बोल्ने मान्छेलाई कुनै पनि प्रतिक्रियावादी व्यवस्थाले पृरस्कृत गरेको छैन । दण्डित गरेको छ । जसरी ट्रम्सका विरुद्धमा बोल्ने मान्छे दण्डित भएका छन्, जसरी मोदीको बिरुद्धमा सत्य बोल्ने मान्छे दण्डित भएका छन् त्यसरी नै ओलीको विरुद्धमा बोल्ने मान्छे दण्डित भएका छन् । अमेरिका वा भारतको के कुरा गर्नु । कुरा त हामीले हाम्रै देशको गर्नु छ ।
हाम्रो देशको कुरा गर्दा यतिबेला हाम्रो देशमा ओलीको नेतृत्वमा दुर्ई तिहाईको सरकार छ । यस्तो दुई तिहाई सरकार हिजो वी पी कोइरालाको पालामा थियो । अहिले ओलीको पालामा छ । दुई तिहाईको सरकार भनेको स्थिर सरकार हो । हिजो हामी भन्दथ्यो मुलुकमा सरकार अस्थिर भएको हुनाले देशमा केही भएन । अहिले स्थिर सरकार छ । खोई त स्थिर सरकारले देश र जनताको लागि केही गरेको ? के जनताले ओली सरकारको दुई तिहाईको सरकारको पालामा रामराज्य छ भनेकमा छन् ? उत्तर नकारात्मक छ । चारैतिर अराजकता छ । सत्ता र शक्तिमा हुनेले जे गरे पनि हुन्छ । जो सत्ता र शक्तिमा छैन उ प्रताडित छ । दण्डित छ , उत्तर नकारात्मक छ । चारैतिर अराजकता छ । सत्ता र शक्तिमा हुनेले जे गरे पनि हुन्छ । जो सत्ता र शक्तिमा छैन उ प्रताडित छ । दण्डित छ । भन्नलाई लोकतन्त्र आयो भनिएको छ । भन्नलाई गणतन्त्र आयो भनिएको छ । तर जनताको लागि जुन जोगी आए पनि कानै चिरेको अवस्था छ । मान्छेहरू भन्न थालेका छन् यो व्यवस्थाभन्दा त हिजोकै पंचायत ठीक थियो । राजतन्त्र ठीक थियो । राणातन्त्र ठीक थियो ।
यतिबेला मुलुक वाइडबडी काण्डले बदनाम छ । ३३ किलो सुनकाण्डले बदनाम छ । बालुवाटार काण्डले बदनाम छ । इन्दिरा पंतको काण्डले बदनाम छ । एम सी सी काण्डले बदनाम छ । सेकुरिटी प्रिन्टिङ प्रेसको ७५करोडको कमीसन काण्डले बदनाम छ । यी त दर्जनौं काण्डमध्येका एकाध उल्लेखनीय काण्ड हुनु । चर्चित काण्ड हुन् । यो कुरा होइन कि यस्ता काण्ड ओली सरकारमा मात्र घटित भएका हुन् । काण्डै काण्डको चाँग चलेको यो मुलुकमा अन्गिन्ती काण्ड यस अघि पनि भएका थिए । तर लोेकतान्त्रक गणतन्त्र नेपालमा यस्ता काण्ड घट्नाको साटो झन् दिन प्रतिदिन बढ्ंर्द गइरहेका छन् । चिन्ता र चासोको विषय यो हो ।
एउटा कुरा के छ भने सरकार स्वच्छ छ भने र भ्रष्टाचार कमीसनतन्त्र घोसखोरी जस्ता अपराध जन्य कार्य तलबाट हुन्छन् भने त्यसलाई सरकारले नियन्त्रणमा लिन सक्दछ । कार्वाह्ी गर्न सकिन्छ । राम्रो काम गर्ने कर्मचारी वा निकायललाई पुरस्कुत र खराब काम गर्ने व्यक्तिलाई दष्डित गर्न सक्दछ । तर कुरो यस्तो त छैन । जो सत्तामा छ ऊ र्नै कमीसनतन्त्र तथा भ्रष्टाचारको नाइके हुन्छ । माथिका उदाहरणले यही कुरा प्रमाणित गर्दछ । फेरि कुरा के पनि छ भने तल हुनेहरूमा अधिकांश मान्छे माथि कै हनुमान हुन्छन् । उनीहरूले जे गर्दछन् माििलककै सेवा र स्वार्थ र ईशारामा गर्दछन् । तल कमीशनतन्त्र र भष्टाचारमा सहभागी हुनेले त्यसको बिलो तलदेखि माथिसम्म पुराउनुृ पर्ने हुन्छ । यसको अर्थ के हुन्छ यो मुलुकमा अहिलेसम्म जसको सरकार भए पनि उसले आफू र आफूले सेटिङ र मेचिङ गरेका गरेका व्यक्तिबाट कमीसन र भ्रष्टाचारको जालो बिछाएको हुन्छ । यसैले यो मुलुकमा गहिरो जरो गाढेको कमीसनतन्त्र र भ्रष्टाचारको जालो उडाउन वा भत्काउन सानो तिनो आँधी तुफानले संभव छैन । २००७, २०२८, २०३६, २०४६ , २०५२ , ३०६३ सालका परिवतैन प्रयाप्त भएका छैनन् । यी परिवर्तनले माखो मारेनन् भन्न त सकिन्न । तर यी परिवर्तनले देश र जनताको मुहार फेर्ने सवालमा कुनै प्रभावकारी भूमिका खेल्न सकेनन् र सक्ने छाँट पनि देखिन्न । हो हिजो पंचहरूले देश र जनतालाई लुटेका थिए भने, हिजो बहुदलवादीले देश र जनतालाई लुटेका थिए भने आज लोकतान्त्रिक गणतन्त्रवादीले देश र जनता लुटेका छन् । लुट्ने मान्छे फेरियाका छन् । लुटतन्त्र फेरिएको छैन । बडो गजबको कुरो त के भने यो मुलुकका जो सबभन्दा बढी देश र जनतालाई लुट्न सक्षम मानिन्छ उही निर्वाचनमा विजयी बन्दछ । पहिलो कुरो त इमान्दार व्यक्ति निर्वाचनमा उठेन नै सक्दैन । दोस्रो कुरा उठिहाले पनि उसले जित्न सक्दैन ।मान्छेहरू चित्रबहादुर केसीलाई इमान्दार नेता मान्दछन् । तर उनी चुनावमा विजयी बन्न सक्दैनन् । चुनावमा विजयी बन्नलाई उनले कमीसनतन्त्रमा डुवेको वा भं्रष्टाचारमा लिप्त भएको शक्तिसित गठबन्धन गर्नु पर्दछ ।
यतिबेला देशी विदेशी केही शक्ति के पी ओलीलाई देश र जनताको मुक्तिदाताको रुपमा प्रस्तुत गर्न कसरत गरेका छन् । यो कुरा सही होइन । ०७ सालको क्रान्तिका प्रमुख नेता वी पी कोइराला थिए । ं२८ सालका झापा विद्रोहका प्रमुख नेता मोहनचन्द्र अधिकारी, राधा कुष्ण मैनाली तथा सी पी मैनाली थिए । नेकपा मालेका प्रमुख नेता सी पी मैनाली थिए । पछि झलनाथ खनाल भए । एमालेका प्रमुख नेता मदन भण्डारी हुन् । ०३६ सालका प्रमुख नेता विद्यार्थी थिए । ०४६ सालका जन आन्दोलनका प्रमुख नेता गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह तथा कुष्ण प्रसाद भद्वराई थिए । बाम नेतामा सात बामका प्रमुख नेता थिए झलनाथ खनाल र मनमोहन अधिकारी । झलनाथ खनाल नेकपाका महासचिव थिए । खुला नेता थिए जेलबाट रिहा भएका राधाकृष्ण मैनाली । अर्का बाम समूहका नेता थिए मोहन विक्रम सिंह, निर्मल लामा, चित्रबहादुर केसी र डा . बाबुराम भद्वराई । ०५२ सालका जनयुद्धका प्रमुख नेता थिए पुष्पकमल दाहाल प्रचण्ड, मोहन बैद्य र डा बाबुराम भद्वराई । ०६२ –०६३ सालको जन आन्दोलनमा भित्री नेता प्रचण्ड बाबुराम भद्वराईहरू थिए भने बाहिरी नेता गिरिजाप्रसाद कोइराला माधव नेपाल आदि । यी आन्दोलनमा कते पनि के पी ओली शीर्ष नेताको रुपमा खडा थिएनन् । एमालेका नेता त अवश्य थिए तर उनी नेतृत्वको शीर्ष स्थानमा पुग्न सकेका थिएनन् । निश्चित रुपमा के पी ओली झापा आन्दोलनका नेता त हुन् । तर उनले भनेका थिए उनी झापा आन्दोलनमा मान्छेको टाउको काटेर बनेका नेता होइनन् । वास्तवमा झापा आन्दोलनका शीर्ष नेतामा मोहनचन्द्र अधिकारी राधाकृष्ण मैनाली र सीपी मैनाली नै थिए । तथापि उनी झापा विद्रोहका सन्दर्भमा १४ बर्षसम्म जेल जीवन बिताएका नेता भने हुन् ।
के पी ओली राष्ट्रघाती महाकाली सन्धि पछि एमालेमा हाबी हृुँदै गएका हुन् । राष्ट्रघाती महाकाली सन्धिमा विशेष गरी बढी भूमिका खेल्ने व्यक्तिमा के पी ओली र शेरबहादुर देउवाको नाम अग्रपक्तिमा आउँछ । महाकाली सन्धिले पश्चिमबाट सूर्य उदाउँछ भन्ने र एक बर्षमा नेपाललाई एक खर्व २० अर्व लाभ हृुन्छ भन्ने व्यक्ति यिनै के पी ओली हृुन् । महाकाली सन्धिमा राष्ट्रघात गर्ने पार्टीमा एमाले. कांग्रेस राप्रपा सक्रियतापूर्व सरिक थिए ।.
यतिबेला के पी ओली सबै नेता तथा शक्तिलाई पछि पारेर एमाले हाल सत्ताधारी नेकपाको शीर्ष नेतृत्वमा पुगेका छन् । नाकाबन्दीको बेलामा उनले राष्ट्रवादी अडान लिए र उनले राष्ट्रवादी नेताको दर्जा पनि पाए । यसैको आडमा उनलाई निर्वाचनमा अत्यधिक जनमत पनि प्राप्त भयो । तथापि उनको राष्ट्रवादी चेहरा शंकाजनक नै थियो । परीक्षण कै विषय थियो । त्यो अहिले आएर उदांगिदै गएको छ । मोदीले भारतले कालापानी लिपुलेक र लिम्पियाधुरालाई भारतको नक्शामा देखाएर जारी गर्दा त्यसको कडा प्रतिवाद ओली सरकगर्न सकेको छैन । यस सवालमा ओली सरकारको राष्ट्रवादी चेहरा नांगिन पुगेको छ । बल्ल बल्ल जन दवावमा लिपुलेक लिम्पियाधृुरा र कालापानी समावेश गरेर जारी गरेको नक्शा प्रकाशित गरेका पुस्तकको बितरणमा पनि प्रधानमंत्री ओलीले प्रतिबन्ध लगाएका छन् । भारतको हप्की खाएर होला शायद । ओली सरकार भारतको गोटी हो भन्ने कुरा त पहिलेदेखि नै प्रमाणित हुँदै आएको हो । राष्ट्रघाती महाकाली सन्धिको समयदेखि नै हुँदै आएको हो । तर यतिबेला ओली सरकार अमेरिकी साम्राज्यवादको समेत दलाल बन्दै गएको उसको जसरी पनि संसदबाट एमसीसी पास गर्छु भन्ने उद्घोषले पनि प्रमाणित गर्दै गइरहेको छ ।
ओली सरकारले नारा दिएको छ समृद्ध नेपाल र सुखी नेपालको । यो उसको हिजो पंच सरकारले नेपाललाई एशियाली मापदण्डमा पुराउँने दिएको नारा जस्तै हो । वास्तवा ओली सरकारको यो नारा दरिद्र नेपाल दुखी नेपाल बनाउने नारा हो । यस कारण कि यतिबेला हाम्रो मुलुक विदेशी प्रभुको उपनिवेश हुन पुगेको छ । नव उपनिवेश । नव उपनिवेश यस अर्थमा कि यहाँका शासकको अनुहार नेपालीको हुन्छ तर हुकुम र हैकम विदेशी प्रभुको चल्दछ । भारतीय विस्तारवादको चल्दछ । अमेरिकी साम्राज्यवादको चल्दछ । यहाँ हाम्रा शासकहरूको काम नेपाललाई विदेशी शक्तिको क्रिडा स्थल बनाउनु नै हो । प्राकृतिक सम्पदा दोहन गराउने स्थल बनाउनु नै हो । विदेशी प्रभुको स्वार्थ र ईशारामा काम गरी उनीहरूलाई रिझाएर आफ्नो सत्ता लम्बाउनृु नै हो । विदेशी शक्तिको सामुन्ने बिरालो जस्तै म्याउ म्याउ गर्नु र न्याय खोज्ने आफ्ना नागरिकलाई पाइतालाले कुल्चिनु नै हो । दलाल पूंजीवादले जन्माउने अवस्था नै यही हो । यसैले यस दलाल पुंजीवादवाद अन्तरगत समृद्ध नेपाल र सुखी नेपालको सपना बाँड्नु देश र जनताका आँखामा छारो हाल्नु मात्र हो । यस अवस्थामा जुनसुकैको नेतुत्वमा सरकार बने पनि उसको काम समृद्ध नेपाल र सुखी नेपालका नाममा दरिद्र नेपाल र दुखी नेपाल बनाउनु नै हो ।
अहिले मुलुकमा कमनिष्ट नामको दलाल पूंजिपति र सामन्तहरूकामे मुलीजुली सरकार छ । यस सरकारल मूलत दलाल पूंजीवाद र सामन्तवाद कै सेवा गर्दछ । यस दलाल पूंजीवादले नेपालका नदीनाला बेचेर खायो । मित्रराष्टरूले स्थापना गरिदिएका कलकारखाना उद्योग धन्दा बेचेर खायो । नेपाली जनतालाई गरीवी उपहारको रुपमा दियो । बेरोजगारी उपहारको रुपमा दियो । महंगी उपहारको रुपमा दियो । विदेश पलायन उपहारको रुूपमा दियो ।
ओली सरकारले भन्यो सिंहदरबार गाउँ गाउँमा ल्याउँछु । त्यसको परिणाम के भयो भने हिजो माथिको सिंहदरबारले माथि माथि मात्र देश र जनतालई लुटेर खान्थ्यो । आज गाउँ गाउँमा आएको सिंहदरबारले तल तलसम्म देश र जनतालाई लुटेर खान थाल्यो । यो सरकारले भएका उद्योग धन्दा कल कारखाना बेचेर रोजगारका कुरा गर्दछ । गाउँमा खेतबारी बाँझो पल्टने अवस्था सृजना गरेर ओली सरकार कृषिमा समाजवाद ल्याउने सपना देख्दछ । हिजो नेपाल भारत यहाँसम्म कि कोरियामा समेत चामल निर्यात गर्दथ्यो आज नेपाल सरकार विदेशबाट अन्न आयात गर्दछ । रेमिटान्स र जनतामाथिको चर्को करले चलेको ओली सरकार जनतालाई कुनै कुराको सुविधा दिएको छैन । जनताले हिजो पाएको सुविधा पनि खोसेको छ । यसैले बर्तमान ओली सरकार देश र जनताको लागि अभिशाप जस्तो भएको छ । यस सरकारबाट न त हामी देशको बिकासको आशा गर्न सक्दछौं न संरक्षण । मुलुक दिन दिनै सिक्किमीकरणतिर बढेको अनुभुति हुन्छ । यसैमाथि एमसीसीको घोडा चढेर अमेरिकी साम्राज्यवाद नेपाललाई अमेरिका चीन र भारतको युद्धस्थल बनाउने हो कि भन्ने खतरा समेत बढेको छ ।
यो कुरा होइन कि यो यो देशमा सही बिचार राख्ने पार्टी वा नेता छैनन् । कार्यकर्ता छैनन् । देशभक्त शक्ति छैनन् । तर उनीहरू अझसम्म एउटा विकल्प शक्तिको रुपमा खडा भैसकेका छैनन् । यसैले यो मुलुकमा सरकार जति परिवर्तन भए पनि जुन योगी आए पनि कानै चिरेको आउने हो । एउटा दलाल सरकारको साटो अर्को दलला सरकार आए पनि र स्थितिमा उन्नाइस विसको अन्तर परे पनि दलाल सरकार दलाल सरकार नै हुन्छ । उसले आफ्नो देश र जनताको पक्षमा काम गर्ने होइन कि विदेशी प्रभुकै स्वार्थ र हितमा कामम गर्दछ । एउटा दलाल शक्तिको तुलनामा अर्को दलाल शक्ति केही फरक हुने कुरा एउटा हो । तर उनीहरूको चारित्रिक विशेषता हो देश र जनतालाई लुट र लुठाऊ । यही आज भैरहेको छ ।
