अाइतबार काेराेनाका १६६९ जना संक्रमित थपिए, थप १६ जनाकाे मृत्यु
७ मंसिर, आइतबार।
अाइतबार देशभर काेराेना भाइरसका १ हजार ६६९ जना नयाँ संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयाेगशालामा गरिएकाे ८ हजार ३२ पीसिअार परीक्षणमा १६६९ संक्रमित पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ।
योसँगै हालसम्म २ लाख २० हजार ३०८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
आइतबार सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेकाे छ, भने ५ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी, अाज थप १६ जना काेराेना संक्रमितकाे निधन भएकाे छ। हालसम्म काेराेनाका कारण १३२१ जनाकाे मृत्यु भैसकेकाे छ।
