मंगलबार काेराेनाका १७९० जना संक्रमित थपिए, थप २४ जनाकाे मृत्यु
९ मंसिर, मंगलबार।
पछिल्लाे २४ घण्टामा काेराेना भाइरसका थप १ हजार ७९० नयाँ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयाेगशालामा १० हजार ८४३ पीसीआर परीक्षण गर्दा १ हजार ७९०जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याेसँगै नेपालभर अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
अाज सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । साथै, २ हजार ७९१ जना संक्रमण मुक्त भएका छन्।
यसका साथै हालसम्म २ लाख ४ हजार ८५८ जना संक्रमित निको भैसकेका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २४ पुगेकाे छ । यससँगै हालसम्म देशभर कोरोना संक्रमणबाट १३६१ जनाकाे मृत्यु भएकाे छ।
