रानिगञ्ज सामुदायिक सिकाई केन्द्र, नमस्ते टोलमा बालबालिकाहरुकाे होली कार्यक्रम
किडासा पोखरा Community Hub तथा सेतो गुँरास बालविकास सेवा रुपन्देहीद्धारा संचालित बुटवल वडा नं.१७ रानिगञ्ज सामुदायिक सिकाई केन्द्र, नमस्ते टोलमा बालबालिकाहरुले परम्परागत रुपमा मनाउने पर्व होली अर्थात फागु पूर्णिमाको दिन विभिन्न रंग लगायर निकै हर्ष उल्लासका साथ होली कार्यक्रम मनाएका छन् ।

सो कार्यक्रममा रानिगञ्ज सामुदायिक सिकाई केन्द्रकी सामाजिक पाैरवी कर्ता कृष्ण कुमारी पाण्डेले सिकाइ केन्द्रका बालबालिकाहरुलाई होलीको रंग लगाई दिएर बालवालिकासँगै खुशि साटेका थिए । साथै पौरवी कर्ता पाण्डेको आयोजनामा बालवालिकाहरूलाई सक्षम र हरेक कुरामा सकृय बनाउन होली पर्वको हण्डीफोर कार्यक्रम पनि राखेको हुनाले हण्डीफोर कार्यक्रममा विजेता हुने अरुण थारु, आरती जिसी, विसान न्यौपाने लगायतलाई कपि पुरस्कार वितरण गरिएको थियो ।

उक्त होली कार्यक्रममा उपस्थित नमस्ते टोल विकास संस्थाका अध्यक्ष सुनिता रासकोटी, देवराज पाण्डे, गोपाल गिरी लगायतले रानिगञ्ज सामुदायिक सिकाई केन्द्र नमस्ते टोलमा रहेका ५६ जना बालवालिकाहरुलाई होलीको रंग लगाएर हाेली मनाएका थिए ।
