कचलमा सहकारी शिक्षा
मिलीजुली बचत तथा ऋण सहकारी संस्था लि।पाल्पाले तिनाउको वडा नं। १ कचलको आरुखुदीमा सहकारी शिक्षा तालिम मंगलवार सम्पन्न गरेको छ ।
तालिममा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहकारीको अर्थ,परिभाषा,सिद्धान्त,नियमका बारेमा सहजीकरण गरेका थिए । ग्रामीण क्षेत्रमा सहकारीले आर्थिक उन्नति र प्रगतिका लागि विशेष काम गरेको भन्दै उनले तिनाउमा उत्कृष्टता हासिल गरेको मिलीजुली सहकारीले सहकारी सदस्यहरुका हितमा काम गर्दै आएको समेत उल्लेख गरे ।
सहकारीले दिदै आएको सेवा र समाजमा पारेको आर्थिक एवम् सामाजिक प्रभावका बारेमा सहकारीका अध्यक्ष रवीन्द्र पौडेलले सहजीकरण गरेका थिए ।
आरुखुदी(हात्तीमारा टोल विकास संस्थाका ६० बढी सदस्यहरुको उपस्थितिमा सञ्चालित उक्त तालिममा आफ्नो गाउँको आर्थिक विकासमा मिलीजुली सहकारी रामवाण सावित हुन सकोस् भनी संस्थाका अध्यक्ष ऐमान चिदीले शुभकामना व्यक्त गरेका थिए ।
