एम.जी. क्लबद्धारा विद्यालयमा पोशाक र शैक्षिक सामाग्री वितरण

बुटवल ११ एम.जी क्लबले पाल्पा जिल्ला रैनादेवी गाउँपालिका ५ छहरा मुझुङमा भैरव प्राथमिक विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको छ । क्लबका पुर्व अध्यक्ष श्रीधर अर्घाली, वरिष्ठ उपाध्यक्ष देवलाल अर्घाली र लिला बहादुर अर्घालीका पुजनीय पिता टेक बहादुर अर्घालीको ८४ औ वसन्तको पावर अवशरमा श्रीधर अर्घाली र देवलाल अर्घाली लगायत अर्घाली परिवारले एम.जी क्लबको सहकार्यमा विद्यालयलाई उक्त सामाग्री वितरण गरेको क्लबका अध्यक्ष ओम सारुले बताएका छन् । सो कार्यक्रममा क्लबका अध्यक्ष ओम सारुको अध्यक्षतामा प्रमुख अथिति रैनादेवी गाउँपालिका ५ का वडा अध्यक्ष हुमान सिंह कार्की रहेका थिए भने विशिष्ट अथिति कार्यक्रमका प्रायोजक ८४ औ वसन्त पार गरेका बुवा टेक बहादुर अर्घाली र विद्यालय प्रध्यापक लिला बहादुर अर्घाली रहेका थिए । उक्त कार्यक्रममा प्रमुख अथितिले बोल्दै विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेर एउटा उदाहरणीय काम गरेको बताउदै विभिन्न ठाउँहरुमा सामाजिक काम गर्दै आएको एम.जी क्लबले भोलिका दिनहरुमा राष्टिय छवी बनाउने छ भन्दै ८४ औ वार्षिक जन्मोत्सवको उपलक्ष्यमा बुवा टेक बहादुर अर्घाली र आमा विष्णु अर्घालीको सु–स्वास्थ्य दिर्घायुको कामना गरेका थिए । यसै गरी आउदा दिनहरुमा क्लबलाई आफुले गर्नु पर्ने सक्दो सहयोग गरी सँगै सहकार्य गर्ने पनि बताएका छन् । साथै विद्यालयका प्राध्यापक लिला बहादुर अर्घालीले एम.जी. क्लबले विद्यालयलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गरी सहयोग पयाएकोमा यस विद्यालयलाई शैक्षिक गुणस्तरमा ठुलो टेवा पुग्नेछ भन्दै क्लबलाई धन्यवाद व्यक्त गरेका थिए । यसै गरी क्लबका अध्यक्ष ओम सारुले विगतदेखि क्लबले गर्दै आएको सामाजिक काम बारे प्रष्ट पारेका थिए । सो कार्यक्रममा प्रमुख अथिति वडा अध्यक्ष श्री हुमान सिंह कार्की, विशिष्ट अथिति श्री टेक बहादुर अर्घाली, विद्यालय प्राध्यापक श्री लिला बहादुर अर्घाली र अविभावहरुको पनि उपस्थिति रहेको थिया । साथै क्लबको मार्ग दर्शक श्री बसन्त थापा चर्ति, सस्थापक अध्यक्ष् श्री तुल बहादुर सारु, पुर्व अध्यक्ष श्री श्रीधर अर्घाली, निवर्तमान अध्यक्ष श्री राम बहादुर सिंजाली, वरिष्ठ उपाध्यक्ष श्री देवलाल अर्घाली, उपाध्यक्ष श्री निल बहादुर कवँर, सचिव श्री नीर बहादुर गाहा तथा एम.जी सदस्यहरु र एम.जी महिला समुहको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य क्लबका वरिष्ठ उपाध्यक्ष देवलाल अर्घालीले गरेका थिए भने क्लबका सचिव निर बहादुर गाहाले कार्यक्रम सञ्चालन गरेका थिए । साथै कार्यक्रमा सहभागी एम.जी क्लबका पदाधिकारी र सदस्य तथा एम.जी. महिला समुहले पाल्पाको अति महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु पाल्पा र अर्घाखाची सिमानामा पर्ने पाणिनी तपोभुमि स्थल, रिब्दीकोट गाउँपालिकामा पर्ने नेपालको दोस्रो ठुलो मौसम भविष्यवाणी रडाहर साथै गडीमाई मन्दिर लगायत विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु अध्ययन र अवलोकन पश्चात पाल्पाकै सिर्जना रिर्सोटमा विश्राम गरी केहीवेर नाँचगान गरेर रमाईलो गरेका थिए ।
