स्थापना दिवस सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ(नेपालको २९ ओैं स्थापना दिवस पाल्पाको तिनाउमा शुक्रवार सम्पन्न भयो ।दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले वनलाई जोगाउन उपभोक्ताहरु सचेत र संरक्षणका लागि गतिशील हुनुपर्नेमा जोड दिए । वनलाई वहुप्रयोग गर्न सकिएमा वन डढेलो नियन्त्रण,जैविक मल निर्माण र वन उद्यम सञ्चालनका लागि सहज हुने बताए । तिनाउ गाउँपालिकाले आवश्यक वजेट विनियोजन गर्न तयार रहेको बताए ।
विशिष्ट अतिथि वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर थापाले सामुदायिक वन उपभोक्ता महासंघ र सामुदायिक वन समन्वय समिति तिनाउले वन जोगाउन विशेष पहल रहेको बताए ।
सामुदायिक वन समन्वय समिति , तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउमा आफ्नो संस्थाले वन, वातावरण र जैविक विविधता संरक्षणमा निरन्तर गतिशील रहेको बताए ।
कार्यक्रममा वन उपभोक्ता समूहका रोमबहादुर लम्तरी,सावित्रा पाण्डे, यमबहादुर थापा,लक्ष्मी श्रेष्ठ लगायतले वन,वातावरण विषयमा आआफ्ना विचार प्रस्तुत गरेका थिए ।
स्थापना दिवसका अवसरमा निमुखा अभिभावकका सन्तानहरुलाई झोला तथा स्टेशनरी वितरण गरिएको थियो ।
सामुदायिक वन महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारीले दिवसमा आयोजित सो कार्यक्रमको अध्यक्षता गरेकी थिईन् ।
