ओझेल भित्रका सचेतना अभियान
No icon

सहकारीको तालीम सुरु

 

पूर्वसैनिक कृषि सहकारी संस्था लि। तिलोत्तमा नगरपालिका वडा नं।७, भलवारीले आफ्नो सञ्चालक,लेखा समिति,उपसमिति,सल्लाहकारहरुलाई संस्था सञ्चालन र व्यवस्थापन सम्बन्धि ३ दिने तालिमको सुरुआत् गरेको छ । 
तालिममा सहकारी अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले सहकारीका नीति,नियम सिद्धान्त, व्यवहार, कार्यान्वन पक्षका साथै वर्तमान जटिलता र समाधानका उपायका बारेमा सहजीकरण गरेका थिए । साथै उनीहरुले सहकारी सञ्चालन र व्यवस्थापनका तत्व र आधारका विषयमा समेत सहजीकरण गरेका थिए । 

सहभागीहरुतर्फबाट गीता थापा, सुनिता थापा ,सीता पुन,ईश्वरीप्रसाद पाण्डेय,कृष्णबहादुर पुन लगायतले तालिम प्रभावकारी रहेको र व्यवहारमा कार्यान्वयन गर्न आफूहरु गतिशील हुने प्रतिवद्वता जनाए । तालिमले सहकारीलाई प्रगतिन्मुख गराउन सजिलो हुने सहभागीहरुको तर्क थियो । आफ्नो सहकारीले तालिमपछि कृषिसम्बधि योजना निर्माण, तालिम, भ्रमण र गोष्ठी सञ्चालन गर्ने सोच रहेको संस्थाका अध्यक्ष भीमबहादुर गुरुङले बताए। 
तालिम तीन दिनसम्म सञ्चालन हुने संस्थाका सचिव गिरिप्रसाद रानाले बताए ।
 

Comment As:

Comment (0)