कालिकामा सरसफाइ

विश् वातावरण दिवसको अवसरमा तिनाउ गाउँपालिका वडा नं२ ,देउलेमा रहेको कालिका आधारभूत विद्यालयमा गठित विद्यार्थी वातावरण समूह९ ईको क्वव०ले आफ्नो विद्यालय परिसर सरसफाइ गरेको ईको शिक्षक शान्ति पुन जानकारी दिईन् ।
उनका अनुसार विद्यार्थीले दिवस मनाउने क्रममा आफ्नो विद्यालयमा उम्रेका झार गोडेका छन् । प्लाष्टिकका थैलाहरु संकलन गरेका छन् । साथै उनीहरुले कागजका टुक्राहरुको उचित व्यवस्थापन गरेका छन् ।
ईको क्लवले वन,वातावरण र जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विद्यालयका सहायक प्रअ सुनेब थापाले बताए ।
ईको क्लवको असल भूमिकाले संरक्षणमा सचेतना अभिवृद्धि हुँदै गएको विद्यालयका प्रअ मानबहादुर सारुले सुनाए ।
