महिला समूहले बाल क्लवलाई डस्टबिन उपहार
पाल्पा तिनाउ वडा नं.१ कचल, झिंगामारामा रहेको जनजागृति महिला समूहले स्थानीय बाल क्लवलाई डस्टबिन उपहार प्रदान गरेको छ । गाउँघर सरसफाइ राख्न र फोहोर संकलन गर्न बाल क्लवलाई सो डस्टबिन उपहार दिईएको समूहकी ईन्दिरा रानाले बताईन् ।
बाल क्लवलाई सानैदेखि सरसफाइ अभियानमा सहभागी गराउने बानी पार्न र स्वस्थ एवम् रोगमुक्त हुन सरसफाइमा ध्यान दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न समेत यस्तो कार्य गरिएको समूहकी तेजकुमारी तरामूले बताईन् ।
