लुम्बिनी भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा वृद्वि
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भारतीय र तेस्रो मुलुकका पर्यटकको संख्या वृद्धि भएको छ । सन् २०२३ को ६ महिनाको तुलनामा सन् २०२४ को सोही अवधिमा यहाँ भारतीय र तेस्रो मुलुकका पर्यटक बढेका हुन् । तर, यो अवधिमा आन्तरिक पर्यटक भने घटेका छन् ।
लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२४ को जनवरी देखि जुन सम्म भारतीय र तेस्रो मुलुकका २०,०४,६९४ पर्यटक लुम्बिनी भ्रमणमा आएका छन्। पछिल्लो अवधिमा भारतीय पर्यटक अधिक मात्रामा भित्रिएको कोषका सुचना अधिकृत राजन बस्नेतले जानकारी दिनुभयो ।
कोषका अनुसार पछिल्लो छ महिनामा भारतबाट मात्र १,५२,५२६ पर्यटक लुम्बिनी भ्रमणमा आएका छन्। लुम्बिनीमा हुने धार्मिक तथा आध्यात्मिक गतिविधिले पर्यटकलाई आकर्षित गरेको अधिकृत बस्नेतले बताउनुभ
यो ।
