ओझेल भित्रका सचेतना अभियान
No icon

प्रधानमन्त्री ओलीलाई दुईतिहाई विश्वासको मत प्राप्त

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  स्पष्ट दुई तिहाई विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा १ सय ८८ मत परेको छ । साथै, विपक्षमा ७४ मत र  एकजना तटस्थ बसेका छन् ।

प्रतिनिधिसभामा २६३ सांसद् उपस्थित थिए । दुई तिहाइ बहुमत पुग्नको लागि १८४ सांसदको समर्थन चाहिन्छ । तर उनले त्यसको पनि चार मत बढी पाएका हुन् । उनलाई एमाले, कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले विपक्षमा मतदान गरेका छन् ।

दुई तिहाइसँगै संविधान संशोधन गर्ने एजेन्डासहित बनेको नयाँ सत्तागठबन्धनलाई अब संविधान संशोधन गर्न स्पष्ट मत पुग्ने भएको छ । तर, संविधानलाई सहमतिको दस्तावेज मानिने भएकाले प्रतिपक्षीलाई मनाउन चुनौतीपूर्ण नै हुनेछ । ओली नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

Comment As:

Comment (0)