ओझेल भित्रका सचेतना अभियान
No icon

अक्सफाेर्डमा साहित्यिक कार्यशाला

अक्सफाेर्ड साहित्यिक क्लव,बुटवलले सिर्जनात्मक लेखन अभियान अन्तर्गत "कविता लेखन तथा वाचन कार्यशाला" बुधवार अक्सफाेर्ड बाेडिङ्ग स्कूलमा प्रारम्भ गरेकाे छ । 

कार्यशालाकाे उद्घाटन गर्दै प्रगतिशील लेखक संघका केन्द्रीय सचिव दलबहादुर गुरुङले विद्यालयस्तरमा साहित्यलाई प्रभावकारी रुपमा गतिशील बनाउन यस्ता सिर्जनशील लेखन कार्यशाला आवश्यक रहेकाे बताए । उनले साहित्यलाई मनाेरञ्जनकाे साधनमात्र नबनाई आम्दानीसँग जाेड्नु पर्ने सुनाए । 

विशिष्ट अतिथिका रुपमा रहेका स्कूलका प्राचार्य दिनेश भुसालले विद्यालयमा साहित्यलाई सिर्जनात्मक तरिकाले अघि बढाउन कार्यशालाकाे आयाेजना गरिएकाे बताए । 

अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनालले विद्यालयमा साहित्यलाई मलजल गरी फुलाउन आवश्यक रहेकाे ओैंल्याए । 

कार्यशालामा प्रलेस,रुपन्देहीका अध्यक्ष कविराज पा‌ैडेल र सदस्य यज्ञलाल सुवेदीले कविता लेखन तथा वाचनसम्बन्धी सहजीकरण गर्दैछन् । 

कार्यशालामा स्वागत विद्यालयका अतिरिक्त क्रियाकलाप संयाेजक कपिल ढकालले,सञ्चालन हिमलाल न्याैपाने र अध्यक्षता क्लवका अध्यक्ष श्रृषा भण्डारीले गरेकी थिईन् । कार्यशाला एक दिन सञ्चालन हुने छ ।

Comment As:

Comment (0)