ओझेल भित्रका सचेतना अभियान
No icon

नेपाल भरमै प्रथम भए गाेरखा इन्टरनेसनल पब्लिक स्कुलका उत्सव

गाेरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल दाङ घाेराहीका उत्सव घिमिरे कक्षा १२ काे परिक्षामा नेपाल प्रथम भएका छन्। राष्ट्रिय परीक्षा बाेर्डले शुक्रबार सार्वजनिक गरेकाे २०८० मा लिइएकाे कक्षा १२ काे बाेर्ड परिक्षामा ३.९६ जिपिए प्राप्त गरी नेपाल भरमै सर्वाेत्कृष्ट अङ्कका साथ उत्तीर्ण हुन सफल भएकाे विद्यालय प्रधानाध्यापक मानसिङ घर्ति मगरले बताउनु भएकाे छ। उनी २०७८ काे माध्यमिक परीक्षा (एसइई)मा पनि ३.९७ जिपिए प्राप्त गरि दाङ जिल्ला प्रथम भएका थिए। 

अाफ्नाे विद्यालयमा अध्यानरत छात्र उत्सव घिमिरे पढाईमा कक्षा १२ सम्म सधै प्रथम नै भएकाे प्रधानाध्यपक घर्तिले बताउनु भएकाे छ। 

नेपाल भरमै सर्वाेत्कृष्ट अङ्क प्राप्त गरि उत्तीर्ण हुन सफल भएकोमा छात्र उत्सव घिमिरेलाई प्रधानाध्यपक मानसिङ घर्ति मगर लगायत गाेरखा इन्टरनेसनल पब्लिक स्कुल परिवारकाे तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्

 

Comment As:

Comment (0)