ओझेल भित्रका सचेतना अभियान
No icon

साहित्यकार आत्रेय पुरस्कृत

 नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मानीय राष्ट्रपति रामचन्द्र पाैडेलकाे समुपस्थितिमा पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० (साहित्यतर्फ)बाट लामाे समयदेखि साहित्य साधनामा क्रियाशील प्रगतिशील साहित्यकार चतुर्भुज आत्रेयलाई पुरस्कृत गरेकाे छ । एक लाख नगदसहित ताम्रपत्र,दाेसल्लाबाट सम्मानित आत्रेयका आधा दर्जनबढी पुस्तक प्रकाशित छन् । 

रुपन्देहीमा रहेर साहित्य,कला, पत्रकारितामा गतिशील उनलाई राज्यले याे किसिमकाे पुरस्कारले पुरस्कृत तथा सम्मानित गर्नु सबैलाई खुसी लागेकाे प्रलेसका केन्द्रीय सचिव दलबहादुर गुरुङले बताए । 

उनीसँगै पुरस्कृत हुनेमा कम्युनिस्ट नेता सिद्धिलाल सिह,मरणाेपरान्त डाक्टर विश्वनाथ सिहसमेत पुरस्कृत भएका छन् । 

पुरस्कारकाे संयाेजन पुष्पलाल स्मृति प्रतिष्ठानले गरेकाे थियाे ।

Comment As:

Comment (0)