रानिगञ्ज सिकाई केन्द्रका बालबालिकाले नाग पञ्चमी मनाए
बुटवल १७ रानिगञ्ज नमस्ते टाेल विकास संस्थामा सेताे गुराँस बाल विकास सेवा रुपन्देहीद्वारा संचालित रानिगञ्ज सामुदायिक सिकाई केन्द्रका बालबालिकाहरुले अाज नाग पञ्चमिका दिन नागकाे चित्र र मुर्ति बनाउनुका साथै नाचगान गरेर मनाएका छन्।

याे सामुदायिक सिकाई केन्द्रमा नमस्ते टाेल विकास संस्थाका ८५ जना बालबालिकाहरुले प्रशिक्षण लिई रहेका छन्। ती बालबालिकाहरुले शिक्षा, स्वास्थ्य, संस्कार, संस्कृति, खेलकुद लगायत विभिन्न खालका ज्ञान ब्रर्धक कुराहरु सिक्दै अाएकाे हुनाले पहिला भन्दा अहिले बालबालिकाहरुकाे मन मस्तिष्कमा क्षमता अभिवृद्धि बढ्दै गएकाे सिकाई केन्द्रका शिक्षिका मधु पाण्डेले बताएका छन्।

याे सेताे गुँरास बालविकास सिकाई केन्द्र संस्था बुटवल उपमहानगरमपालिका भित्र ८ वटा टाेल विकास संस्थामा संचालन गरेकाे छ। जसमध्ये बुटवल १७ रानिगञ्ज नमस्ते टाेलमा रहेकाे सिकाई केन्द्रले बालबालिकाहरुलाई लागू पदार्थ दुव्यर्सनमा लाग्नबाट जाेगाउने बाल याैन हिंसा राेकथाम तथा अत्यन्तै गरिबी निमुखा, जेहेन्दार साथै विद्यालय पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई शिक्षाकाे पहुँच लगायत विभिन्न खालकाे सिकाई एंव प्रशिक्षण दिनकाे लागि थुप्रै ठाउँमा सिकाई केन्द्र संचालन गरेकाे शिक्षिका पाण्डेले जानकारि गराएका छन्।

यसैगरी याे संस्थाले रानिगञ्ज नमस्ते टाेल विकासका बालबािकालहरुलाई विद्यालय ब्याग, जुत्ता, ड्रेस, शैक्षिक सामाग्री, खेलकुद सामग्री बाध्य बाधन सामग्री, २५ थान कुर्चि, प्रिपेड फम जस्ता अति अावश्यक सामानहरु सहयाेग गर्दै अाएकाे हुनाले ती बालबालिकाहरुलाई याे सहयाेगबाट ठुलाे टेवा पुगेकाे अभिभावकहरु बताउछन्।
अाफु याे सिकाई केन्द्रकाे शिक्षिका रहन सम्म यहाँका बालबालिकाहरुलाई थुप्रै ज्ञान ब्रर्धक कुराहरु सिकाएर सकारात्मक बाटाेमा लान सक्छु कि भन्ने अाशा लिएकाे पाण्डेले बताएका छन्।
साथै यस संस्थाले अभिभावक भेला गराएर बालबालिका सम्बन्धि परामर्श गर्दै अाएकाे हुनाले बालमैत्री वातावरण र बाल संरक्षणका लागि यस सिकाई केन्द्रले ठुलाे भुमिका खेल्दै अाएकाे छ।
अाजका यी साना बालबालिकाहरु भाेली याे देशका कर्णधार हुन् यस्ता गरिबी बालबालिकाहरूलाई संरक्षण गरि सकारात्मक बाटाेमा लैजान स्थानीय सरकार तथा सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ।

