ओझेल भित्रका सचेतना अभियान
No icon

वर्षातले पुर्वपश्चिम दाउन्ने सडक खण्ड अवरुद्ध

​​​​​​पुर्वि पश्चिम राजमार्ग अन्तर्गत नवलपुरकाे विनयी त्रिवेणी गाउँपालिमका-२ दाउन्नेमा बर्षातको कारण लेदो सहितकाे पहिराे खसेर दुईतर्फी सडक अवरुद्ध भएको छ।

सडक मर्मत गरि केही छिन एकतर्फी जाम खुले पनि पुन दुइतर्फि सडक अवरुद्ध भएको छ । पूर्व पश्‍चिम राजमार्गमा २८ गते ५ वजेदेखी सडक अवरुद्ध भएकाे थियाे ।

वर्षाका कारण दिनकै पहिराे जाने र लेदाे खसिरहदा सोचेभन्दा बढी काम गर्न परेकाले समयमा अवरुद्ध सडक खुलाउन नसकिएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रशासनले जानकारी दिए।

समयमै काम नसकिए जाम भई रोकिएका सवारी साधनहरुलाई एक/एक घण्टाको अन्तरालमा पास गराउदै मर्मत गर्ने प्रशासनले बताए ।

 

Comment As:

Comment (0)