ओझेल भित्रका सचेतना अभियान
No icon

एम.जी. क्लबद्धारा आयोजित ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा सांस्कृतिक साझँ कार्यक्रम

”सम्पुर्ण युवा एक हौ समृद्ध समाज बनाऔ” भन्ने उदेश्यका साथ सामाजिक कार्यमा जुटेका एम.जी. क्लबले ४३ औ मगर स्थापना दिवसको पूर्व सन्ध्यामा फागुण १० गते शनिवारका दिन मगर मौलिक खानाको साथै सांस्कृतिक साझँ तथा व्यवसायिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमन्त्री विर बहादुर रानाले बोल्दै नेपालमा गणतन्त्र देखी जनआन्दोलन सम्म मगर समुदायले योगदान दिएर रगतको खोला बगाए पनि राज्यले बेवास्था  गरेको बताए, त्यसैले अब फरक शैली तथा फरक चिन्तनका साथ मगरहरु प्रस्तुत हुन जरुरी रहेको छ भन्दै हिजो सत्तामा रहेका मगरहरु आज केही ओझेलमा परेको देखिन्छ, जब सम्म मगर समुदायहरु शैक्षिक सामाजिक, व्यवसायिक तथा राजनितिक हिसाबले हरेक क्षेत्रमा सशक्त बन्न सकिदैन तव सम्म राज्यको मुल धारमा जान कठिन हुने बताएका थिए । त्यसकारण अब एम.जी. क्लब मगर युवाहरुले हरेक समुदाय सँग प्रतिस्पर्धी गर्ने हैसियत र सार्थक बन्नु पर्ने सुझाब दिएका छन् ।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दल बहादुर बिरकट्टाले विभिन्न संघसंस्थामा लागेका मगर समुदायहरु आफ्नो अस्तित्वका लागि एकजुट भएर अघि बढ्नु पर्ने बताउदै मगरहरु इमान्दार र सोझो भएकै कारण विभिन्न दलहरुले उपयोग गरेको आरोप लगाए । साथै एम.जी. क्लबका युवाहरुले आफ्नो उद्योग व्यवसाय गरेर केही युवाहरुलाई रोजगार दिएकोमा राज्यले गर्ने काममा एम.जी. क्लबले एउटा ईट्टा थप्ने काम गरेको बताएका छन । यसैगरी नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष हिरु रानाले मगरहरु संस्कार, संस्कृति र बहु संख्याको हिसाबले धनि भए पनि राज्यको हरेक तहमा गन्न सक्ने संख्यामा मात्र उल्लेखित छ । त्यसकारण राज्यको निति निर्माणको तहमा जातिय जनसंख्याको आधारमा सहभागिता हुनुपर्छ भन्ने मगरहरुको माग रहेको बताए । यसैगरी बुटवल नगरका प्रवक्ता तथा वडा नं. १५ का अध्यक्ष शिव रानाले बुटवल नगरपालिकाले मगर भाषा, संस्कार, संस्कृति, संरक्षकका लागि नागरिक वडा पत्र निर्माण गरेको बताउदै एम.जी. क्लब लगायत अन्य मगर समुदायहरुले मगर भाषा सम्बन्धि कार्यक्रम लैजान सक्ने जानकारी गराएका थिए । 

कार्यकममा क्लबका अध्यक्ष ओम बहादुर सारुले विभिन्न व्यवसायिक क्षेत्रमा लागेका मगर युवाहरु एकता बद्ध भएर हरेक क्षेत्रमा एम.जी. क्लबले सामाजिक काम गदै आएको बारे स्पष्ट पारेका थिए । साथै हामी मगर अाफ्नाे भाषा संस्कृति, रीति रिवाज र भेषभुषाहरु नितान्त हाम्राे माैलिक सम्पत्ति हुन भन्दै नयाँ पिडिले बिर्सिदै गरिएकाे हुदा यी अमुल्य रत्नलाई संरक्षण र सम्वर्धन गर्ने यस एम.जी. क्लवकाे अभियान रहेकाे बताएका थिए।

यसैगरी मगर समुदायको माैलिकता हामी मगरहरुकाे मात्रा नभएर सिङ्गो राष्ट्रकै गहना रहेकाेले राज्यको ध्यान जान जरुरी रहेकाे बताए।

उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथि गण लगायत एम.जी. क्लबका सम्पुर्ण सदस्य, एम.जी महिला समुह र अन्य दर्शकहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा क्लबका सचिव निर बहादुर गाहाको एकल प्रस्तुति र स्थानिय कलाकार भाईबहिनीहरुको नृत्य रहेको थियो भने राष्ट्रिय चर्चित लोक दोहोरी गायक श्याम राना, बिमता धर्ती मगर, लाल माया पुन लगायतको बेजोड प्रस्तुति रहेकोले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । सो कार्यक्रम भव्य र सव्य रुपले सम्पन्न भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष ओम सारुको अध्यक्षतामा स्वागत मन्तव्य क्लबका बरिष्ठ उपाध्यक्ष देवलाल अर्घालीको रहेको थियो भने कार्यक्रम संचालन क्लबका महासचिव महेश खाम्चाले गरेका थिए । 

 

Comment As:

Comment (0)