ओझेल भित्रका सचेतना अभियान
No icon

कञ्चनमा इशानको रहस्यमय मृत्यु, निष्पक्ष छानबिनको माग चर्किंदै

रुपन्देही कञ्चन गाउँपालिका वडा नं-३ मा १७ वर्षीय किशोर इशान शर्माको मृत्युले स्थानीय समुदाय स्तब्ध बनेको छ। धौलागिरीचोक नजिकैको नालीमा उनको शव फेला परेपछि घटनाले रहस्यमय मोड लिएको छ भने निष्पक्ष र गहिरो अनुसन्धानको माग तीव्र रूपमा उठेकाे छ।

पुष ३ गते बुधबार इशानको शव रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरीचोकस्थित नालीमा फेला परेको थियो। भने उनि सम्पर्क विहीन अघिल्लो रात (२ गते)बाट नै थिए। प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा टाउकोमा गम्भीर चोट लागेको देखिए पनि मृत्युको ठोस कारण पुष्टि गर्न विस्तृत फरेन्सिक परीक्षणको प्रतीक्षा गरिएको भनाइ छ। घटनासँग सम्बन्धित सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने र कुनै पनि कोणबाट छानबिन कमजोर नपारिने आश्वासन प्रहरी इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ। 

इशानको मृत्यु कुनै साधारण घटना मात्र होइन। नालीमा भेटिएको उनको शवले केवल एउटा परिवारको सपना मात्र अन्त्य गरेको छैन कि, यसले हाम्रो समाज र राज्य संयन्त्रलाई गम्भीर प्रश्नको कठघरामा उभ्याएको छ।

परिवारजन शोकमा डुबेको अवस्थामा छन् भने स्थानीय समुदाय इशानका लागि न्यायको प्रतीक्षामा छन्। अब सबैको ध्यान एउटै प्रश्नमा केन्द्रित छ—इशानको मृत्यु दुर्घटना थियो कि नियोजित अपराध? यसको उत्तर निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धानले मात्र दिन सक्छ।

 

 

‌ 

 

Comment As:

Comment (0)