Hamro Goreto
     हतियारको काम छैन
Wednesday, 27 May 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

 
                                  तारा प्रसाद श्रेष्ठ
                                                  
विश्वकै अर्थ तन्त्र पार्यो तहस् नहस्
कोरोनाकै बिरुद्धमा चलेको छ बहस
अदृश्य यो कोरोनाले पार्यो थर्कमान
गाह्रो भयो संसारलाई बचाउन ज्यान

न त यसको अस्त्र शस्त्र, न त सेना फौज
न त यसको हतियार, भण्डारण माजै
न त यसको र्धम संस्कार, न त भाषा भेष
न त यसको वर्ग  लिङ्ग, न त कुनै देश
 
मात्र यसको जन्म भूमि भएको हो चीन
सफल भयो संसारमा परिचय दिन
शक्ति राष्ट्र अहंकार बनाई दियो पानी 
अघि बढ्ने सन्देश दियो सुधारेर बानी

मार्न हुन्न चमेरालाई खान हुन्न मासु 
पशुलाई आँखाबाट बग्न जान्छ   आँंसु
प्रकृतिका उपहार वनका चरा चरी 
साझा हाम्रो धरती आकास माया वरा वरी

परो पकारी काम गर्ने मात्र यौटंै लक्ष
ज्ञान, विज्ञान, इतिहासको बनिकन दक्ष
“हतियारको ंकाम छैन” कोरोनाले भन्छ
प्रकृतिको माया गर, धरती स्वर्ग बन्छ