
नेपालमा एकैदिन ४ हजार ६४ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकैदिन संक्रमित हुनेमा यो अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १८ हजार ४७३ जनाको पिसिआर गर्दा ४ हजार ३६४ जनामा संक्रमण देखिएको हो।
२ हजार ६७५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ।
संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका २०८५ जना, ललितपुरका ३२० र भक्तपुरका १३५ जना छन् ।
यस्तै मोरङका २४९ जना, सुनसरीका २१४, रुपन्देहीका १९९, सुर्खेतका १०६, मकवानपुरका १०५, कैलालीका ७५, धादिङका ७१, चितवनका ६९, बाँकेका ५७, झापा र दाङ ५५/५५ जना, सिराहाका ४८, उदपयुरका ३२, काभ्रेका २९, धनुषा र नवलपुरका २८/२८ जना, अर्घाखाँचीका २७, सप्तरीका २५ , नवलपरासी, पाल्पा र कञ्चनपुरका २१/२१ जना, कास्कीका १९ जना तथा रौतहट र गुल्मी १८/१८ जनामा संक्रमण पुष्टि भएको छ ।
बारा र सर्लाहीका १४/१४ जना, सिन्धुपाल्चोक, स्याङ्जा १३/१३ जना, इलाम र बाग्लुङका १२/१२ जना, पर्सा र गोरखाका ११/११ जना, तनहुँ, बर्दिया र अछामका १०/१० जना, महोत्तरी, कपिलवस्तु र डोटीका ७/७ जना, तोप्लेजुङ, कालीकोट र जुम्लाका ६/६ जना, रामेछाप र रुकुम पश्चिमका ५/५ जना, ओखलढुंगा, खोटाङ, भोजपुर, दैलेख र सल्यानका ४/४ जना, तेह्रथुम, धनकुटा, संखुवासभा, नुवाकोट, सिन्धुली, लमजुङ, डोल्पा र हुम्लाका ३/३ जना, पाँचथर र सोलुखुम्बुका २/२ जना तथा दोलखा, पर्वत, प्युठान, रोल्पा, डडेलधुरा, बझाङ र बैतडीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।