Hamro Goreto
सैनामैनामा रहेको क्वारेन्टाइन टिका जमरा यसरि मनाइयो दशै
Monday, 26 Oct 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

दिनेश घिमिरे रुपन्देही सैनामैना नगरपालिकाकोे कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ ।

नगरपालिकाको वडा नं.१ बनकट्टा स्थित पद्यमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका संक्रमितलाई सैनामैना नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी सहितका स्वास्थ्यकर्मीले अस्पतालमै उहाँहरुलाई टीका लगाइदिनुभएको हो । 

अस्पतालमा उपचाररत कोरोना पोजेटिभ देखिएका २१ जना संक्रमितले यस वर्षको बडा दशै मनाउन नपाएकोले अस्पतालमै भए पनि टीका लगाइदिएको प्रमुख पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो –‘ घटस्थापनाका दिन नै हामीले जमरा राखेका थियौँ,संक्रमितहरुले घरमा टीका थाप्न पाउनु भएन, एक किसिमले उहाँहरु निराश हुनुन्थ्यो, त्यसैले हामीले टीका जमरा लगाइदिएर अस्पतालमै दशै मनायौँ, एक अर्कामा दुखः सुख साटा साट गर्यो, यो एउटा अविस्मरणीय क्षण नै भयो । ’