
त्रिलोक सिंह थापा मगर
प्रारंभ :
महाभारत कालमा पाडवहरू लाई बनवास बसनु परयो/जंगलमा आफनो अशस्त्र -शस्त्र हरू लुकाए/खिया लाग्छ भनेर वर्षमा एक पटक सो अशस्त्र -शस्त्रहरूको सर सफ़ाई ,मरम्मत र पूजा अराधना गोप्य रूपमा गरद थिए/
सोही समय देखी हिन्दू धर्मावलंबीहरूमा दशैंको नवरात्र अष्टमीका दिन “शस्त्र” पुजाको चलन शुरू भएको भनाइ छ /“खुकुरी”लाई आफनो इष्ट देवी” ,”भगवती “ “दुर्गा”वा ‘शक्ति”को प्रतीक मानेर हिन्दूहरूले अशस्त्र -शस्त्र को
पूजा र आराधना गर्ने गर्दछन् ।

“खुकुरी र मगरात “
“खुकुरी” को उत्पत्ति, उदगम र विकास कहॉ र कसरी भयो सो बारेमा विभिन्न धारणाहरू छन् / “खुकरी “को उत्पाति नेपालमा मगर समुदायमा भएको हो भने धारणा पनि छ/।
प्राचीन समयमा नेपालमा फलाम र तामा खानीमा काम गर्ने मगर (आगरी) अत्यन्त शिपालु कारीगरहरू थिए/ उनीहरूले बहुउद्देशीय कृषि औज़ार बनाएका थिए/ जसलाइ पछि गएर “खुकुरी “भनेर नामकरण गरियो /सो “खुकरी “लाई कृषि औज़ारको रूपमा खेती पाती गोडगाडमा प्रयोग गरद थिए /साथै एकासी जंगली जनावर वा शत्रुले हमला गरेको खंडमा प्रतिकार शस्त्रको रूप प्रयोग गरद थिए /यसरी कृषि र युद्ध दुवैमा एउटै साधन र यन्त्र को प्रयोग गरने विधी तयस बेलाका मगर प्राविधिक हरूले आविष्कार गरेका थिए /युद्धहुदां अरू अशस्त्र र शस्त्रको खोजी गरनु परदैन थियो/
यस्ताे बहुउद्देशीय हतियारलाई मगरहरूले “खुकरी “नाम दिए/ नाम पछि राखेको हो पनि भन्छन /नाम गुरूग भाषा सगंपनि सम्बन्धित छ भनेर पनि भनिन्छ। /खुकरीको बिडमा काठ र रांगोको सिगंको प्रयोग पछि पछि गरिएको हो /
प्राचीन समयमा कुनै कुनै खुकरीमा पाली भाषा वा आखा लिपीका अक्षर जस्तै अक्षरमा पनि केही कुदैको पाइन्छ ।/ पाली भाषाका अक्षरहरू र मगर भाषाका अक्षरमा झिनो सबंन्ध हुन सक्छ ।/
बुढा पाकाहरूको भनाई अनुसार पाली अक्षरमा कुदेका “खुकुरी“ बेलायतको म्यूज़ियमा हुन सक्छ। /यदि यस्ताे खुकरी भेटाइयो भने”खुकुरी”को उत्पाति र उदभव मगरात राज्यमा भएको प्रमाणित हुन सकछ/ साथै “खुकरी “ सर्वप्रथम मगरात राज्यका मगरहरूद्वारा अविष्कार गरिएको हो भनेर पनि प्रमाणित गर्न सजीलो हुन सक्छ ।
“सृजनशील मगर समुदाय “ ः
इतिहासकारहरूको अनुसार प्राचीनकालमा “मगरात राज्य “को सभ्यता ,संस्कृति ,सामाजिक संरचना तुलनात्मकरूपमा ज़्यादै विकसित तथा आर्थिक जीवन -स्तर ज़्यादै समृद्धशाली थियो/अत:मगरहरूले धैरै विषयमा सृजनशीलता प्राचीन समयमा प्रदर्शन गरेको पाइनछ/
कालान्तरमा गएर मगरहरूको सृजनक्षमतालाई पछि शासकहरूले उजागर गरन दिएनन/योजनाबद्ध ढंगले राज्यले दबाएको र दमन गरेको पाइनछ/भाषा र इतिहास पनि मेटाउने प्रयास भयो ।
“आर्य हरूको नेपाल आगमन”
इतिहासकोअनुसार सन १३०३ /०४ मा चितौड़ राजस्थानबाट नेपालको मध्य पछिमांचल गण्डकी क्षेत्रमा आर्यहरू प्रवेश गरेका थिए/।
भारतबाट ठुला ठुला तरवार र भाला पनि आफनो रक्षा वा युद्धका लागी साथमालयाएका थिए/ उनिहरूको पहिलो जमका भेट मगरात राज्यमा मगर जनजातिसंग भयो/ ।
राजस्थानको समतल भूमिमा प्रभावकारी र उपयोगीहुने ठुला ठुला तरवार मगरातको पहाड़ी क्षेत्रमा युद्ध गरन उति सजीलो भएन/
मगरातका मगरहरू सगं साइनो गांसेर मगर जनजाति को बहुउपयोगी र बहुउद्देशीय शस्त्र “खुकरी “ लाई धारण गरे /
सन १६२६ मा पहिलो पटक लमजुगं का राजा द्रव्य शाहले भारतबाट लयाएको तरवार फालेर आफनो दरबार को सभा “खुकरी “ भिरेर संचालन गरे /आज सम्म राजा द्रव्यशाहको खुकुरी राष्ट्रीय मुजियम राखिएकोछ/
पृथ्वीनारायण शाहले गोरखाली पल्टन खडा गरे/ फ़ौजमा “खुकरी “आवशयक र अनिवार्य शस्त्रको रूपमा सामेल गरियो। ।
(सन १७४२)”खुकुरीको “ भरमा गोरखा राज्यको एकीकरण वा आन्तरिक उपिनिवेश खड़ा गरेर पृथ्वी नारायणशाह नेपाल अधिराज्यको निर्माता भए ।
“खुकुरी”को भरमा पूर्वको टिसटा देखी पश्चिमको काँगड़ासम्म गोरखाली फ़ौजले नेपाल अधिराज्यको विस्तार गरे/हिमवत वा हिमालय खडंमा विशाल नेपाल स्थापित भयो ।
“उत्पत्तिका अन्य धारणाहरू” ः
केही विदेशी खोजकर्ता को धारणा यस्ताे छ /ईसा भन्दा ६०० वर्ष अघि मेसोडोमियामा खुकरीको पुर्वज “कोपिल”भने शस्त्रको उत्पत्ति भएको थियो ।यो छुरीबाट अलि ठुलो बनाइयोको थियो । यसै सानो हतियारबाट नेपाली खुकुरीको उत्पति भएको हो /ु
अलेक्ज़ेंडरको फ़ौजले भारतमा अाक्रमण गर्दा युद्ध मा “कोपिल”प्रभावकरी भएको थियो /यही शस्त्रबाट नेपालमा मगरहरूले खुकुरीको निर्माणगरेको हो /अलेक्ज़ेंडर को फ़ौजको आकरमण ऊतर भारत सम्म मात्र सीमित थियो / सो फ़ौज नेपाल सीमा सम्म पुगेको थिएन /दुवै सेनामा सम्मपरक भएन/अनि खुकरी को पुरवज कोपिस (Kopis is ancestor of khukari )हो भने तर्क मिलदैन /(तल गिरक हतियार कोपिस को फोटो हरू साहित्यकार बीरबिकरम थापा जयु को फ़ेसबुक बाट उद्धृत छ।) ती शस्त्रहरू हंगेरियन मुजियममा सुरूक्षित छन भनिछ/( हंगेरीका मगरहरूले आफुलाई मग्यार भन्छन् ।
“खुकुरी “किरातमा किरातीहरूले उत्पत्ति गरेका थिए,यो पनि भनाइछ ।गोरखाली फौज पश्चिमबाट पुर्व खुकरी भिरेर गएका थिए/किरातीहरूले खुकरी अपनाए र प्रयोग गरन थाले /तर खुकुरीको आविष्कार किरातमा भएको धारणाको आधार अहिले सम्म देखिदैन ।
हाल पुरबका “भोजपुरी” ‘धनकुटे ‘तापलेजुगें खुकुरी हरुआदि प्रसिद्ध छन /हाल सम्मका आधारहरूले संकेत गरछन “खुकरी “को उत्पत्ति नेपालमा र मगर उद्यमीहरूले प्रचीनकालमा मगरात राज्यमा गरेका थिए /
“खुकरी “ को प्रसिद्धिदुई हातबाट उचालन नसकने “खुकरी “आज सम्म पनि मुमबईको प्रसिद्ध जहांगीर आरटगैलरीमा छ/ सम्भवत:काजी अमरसिंह थापाले नेपाल फर्किदा भारतमा छोडनु भएको सो खुकरी होकि ?अडकल गरीनछ/“
प्रथम र दिवतीय विश्व युद्धमा “हैनड टु हैनड” युद्धमा गोरखालीको खुकुरी ज़्यादै चर्चित हुन गयो / मास्टर मित्र सेनले गीत सम्म गाए / खुकुरी भिरेर “
भारतीय सेनामा गोरखा,गढ़वाल र आसाम रेजिमेंटमा प्रत्येक सैनिक लाई
खुकुरी अनिवार्य भिरनु परछ /बेलायत बुरनई सिगापुर का गोरखाली सेनाको शान खुकुरी नै हो /
“खुकुरी भय र त्रास”
बर्मा आसाम युद्ध हुदा जापानी सैनिक हरू खुकुरीदेखे पछि भगथे /उनी हरूको शस्त्र खुकुरीको समक्ष उति परभावकारी थिएन /फोकलैणड युद्धमा माशत्रुमा त्रास उत्पन्न हुने/
भारत को देहरादून गढीमा “खुकुरीको “ कारख़ाना खोलिएको थियो पछि बनद भयो/खुकरी मा नेपालीपन खेजिनछ/विदेशी मुद्रा आरजन गरन ”खुकरी “ उद्दोग अझ विकास गरन सकिनछ / ब्यापार विस्तार गरन सकिनछ /
अनुसंधान
नेपाली मुलुका एक जना विदेशी खोजकर्ता ले”खुकुरी” को बारे बेलायत माअनुसंधान गर्दैछन/तर उनि मगरात को पुरानो गाऊँ घर मा पुगन सकेकाछैनन/मगर बुडा पाखासगं भेटन सकेका छैन/
खुकुरी “नाच
भारतमा गोरखाली पलटन ले खुकुरी नाच शुरु गरेका छन /अति चर्चित भएको छ ।
नेपाल र बेलायतको पल्टनमा पनि शुरू भएकोछ ।
भारत आसाम का मगरहरू सामुहिक नृय नाचमा उत्कृष्ट छन । खुकुरी नाचलाई विकास गरे हुने/मगंर संघ आसामले यस विषयमा अभिरूची लिनु पर्ने
निक्र्याैल ः
१) मगरातका बुढा पाकाहरूसंग अनुरोध छ कृपया पुराना खुकरीहरू नफालनुस्
२) ताँमा
पत्र पुरानो कागत राख्नुस “इतिहास फ़र्किनछ”