Hamro Goreto
धर्म र मगर समुदाय एक विचार
Saturday, 31 Oct 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

त्रिलोक सिंह थापा मगर 
प्रारंभस
        नेपाल मगरसंघ केन्द्रीयसमीतीबाट वि।स। २०२० कार्तिक महीनमा मगर समुदायको धर्म सम्बन्धित विज्ञप्ति जारी गरिएको छ रआदिवासी ,मूलवासी ,मगर जनजातिको संस्थातमक धर्म स”बौद्ध धर्म दर्शन “तथा “प्राकृतिक धर्म दर्शन “हुनेछ भनेर सो विज्ञप्तिमा उल्लेख गरिएको छ रयसरी आदिवासी मुलवासी मगर जनजातिको धार्मिक पहिचानलाई अझ फराकिलो  पारने प्रयास गरिएको छ ।
          “धर्म निरीपेक्ष “धारणा अन्तर्गत नेपाल मगरसंघलाई सबै धर्मावलंबी मगरहरुको साझा संस्था बनाउने परयास सो विज्ञप्ति बाट भएको हो जस्तो बुझिन्छ र वि।स।२०५५ सालमा मगर सम्मेलनले  र २०५ ७ सालमा नेपाल मगर संघको सातौ राष्ट्रीय अधिवेशनले मगरहरुको संस्थातमक धर्म बौद्ध दर्शन  र बौद्ध धर्म हो भनेर निर्यण  गरेको थियोरवि।स। २०५३,सालमा मगर समुदायमा “बौद्ध दर्शन र धर्म “को प्रचार प्रसार र विस्तार गरन गराउन “नेपाल मगर बौद्ध समाज “ स्थापना भयोर सो संस्थाको विभिन्न ज़िला हरूमा शाखा  ,थेरवादका विहार र बौद्ध गुम्बाहरू स्थापित छन र ७जना ले बौद्ध धर्म मा विदावारधी गरदै छन रकति पय मगर विद्वानहरू बौद्ध दर्शनमा विद्वावारधी उपाधि प्राप्त गरेर प्रज्ञाज्ञिक र धार्मिक क्षेत्रमा स्क्रीय छन्।
               नेपाल मगरसंघको उक्त विज्ञप्तिले  मगर समुदायको धार्मिक पहिचानको विषयमा नेपाल मगर संघको संक्रियता तुलनात्मक रूप मा केही कम रहने संकेत गरेको देखिनछरर मगर समुदायमा बौद्ध दर्शन र धर्म को प्रचार प्रसार र संयोजनामा “नेपाल मगर बौद्ध समाज “को भुमिका अझ बढ़ी हुनेछ भने बुझिनछरमगरसमुदायको  धार्मिक पहिचानमा उक्त विज्ञप्ति अनुसार “प्राकृतिक धर्म “थपिएको छ र प्राकृतिक धर्म वा दर्शन वास्तवमा के हो रु 
                   “प्राकृतिक धर्म र दर्शन “
             आदिवासी र आदिम समाजको प्राकृतिक धर्म ,सिद्धांत अवधारणा तथा दर्शनको लिखीत विधीविधान र दस्तावेजहरू उपलब्ध छैनर विश्वका अन्य मलुकहरूमा पनि  आादिम संस्कृतिको धार्मिक दर्शन सिद्धांत र  विधिविधानहरू लिखीत र लिपि बद्ध पाइदैन र  कुनै आधिकारिक ग्रन्थ र पुस्तकहरू पनि प्रायः उपलब्ध हुदैन रअतस् आदिवासी समाजको “प्रकृतिक धर्म “लाई धैरै विद्वानहरूले मान्यता दिदैन रप्राकृतिक धर्म लाई सामान्यतः अन्धविश्वास हो भनेर भनदछन रयो केवल आधरहीन संस्कारहरू मात्र हुन र  धर्म र दर्शनको रूपमा  प्राकृतिक धर्म लाई स्वीकार नगरने धैरै विद्वान् हरू पनि छनरप्राकृतिक धर्म अशिक्षित समुदायको उपज हो भनेर तर्क पनि गरिनछ र
                     “अलिखित दर्शन “
     लाखौ वर्ष पहिले प्रकाशनको विकास भएको थिएन रप्राकृतिक धर्म र दर्शन एक पुस्ता देखी आरको पुस्ता सम्म मौखिक हस्तांतरण हुदै आएको छ रआदिम समय देखी आज सम्म विश्वका विभिन्न मुलुकका आदिवासी समाजमा प्राकृतिक धर्म जस्ताको तसतै हस्तांतरण  हुने चलन छ र प्राकृतिक धर्म लाई लोक धर्म ,र जनजीवन वा लोकजीवनको धर्म दर्शन को रूपमापनि परिभाषित  गरेको पाइनछ र
               “विकास वादी सिद्धांत “
          मानव जातिको विकास विभिन्न चरणमा हुदै आएको हो भनेर विकासवादी सिद्धांतकारहरूले तर्क गरदछन र जस्तो ९१० ढुगे युग ९२० फलाम युग ९३० शिकारी युग ९४० कृषि युग आदि रमानवले ढुगे युग देखी कृषि युग सम्म प्राकृतिक धर्मको विकास र पालन गरदै आएको थियो र  आजपनि आदिवासी जनजातिमा आदिम संस्कृति र प्राकृतिक धर्मको अभ्यास यथावत प्रचलनमा छर आ(आफनो स्थानीय वातावरण अनुसार आदिवासीहरूले प्राकृतिक धर्म विकसीत गरेकाछन र
                      “आदिम संस्कृति “
आदिम धर्म आत्मवाद र जीववादको सिद्धांतमा विकसित भएको छरआत्मा र अदृश्य शक्ति लाई आदिम समाजले मान्यता दिएको छ रकुनै शक्ति छ जो मानिस,जीवजंतु, बनजगंल, माटो पानी, आगो, घाम , ढुगा पहाड मा विद्यमान छरजस्तो लाजवंती फुल वा लता र
             जार्ज अरनषट जर्मन वैज्ञानिक लेसन १७०८ मा आदिम समाजको “प्रकृति धर्म दर्शन “ लाई एनिमीजमको नाम दिएका थिएर ९१० अदृश्य शक्ति को पुजा ९२० आत्मा ९कउष्चष्त०को पुजा ९३०प्राकृतिक संरचना को पुजा लाई सैनिजम वा बोन धर्म भनसकिनछर
              “वर्तमान धर्मका आधार हरू “
                  वर्तमान विकसित धर्महरूमा  कतै न कतै आदिम समाजको प्राकृतिक धर्मका केही तत्व र आधारहरू पनि देखन सकिनछ  रउदाहरणका लागी आजपनि हिन्दू धर्मवालबीहरूले गंगानदी लाई “गंगामाता “मानेर आरती गरदछन रबौद्ध धर्मावलंबी हरूले “पीपलको पात र रूखलाई “अति पवित्र मानेर   आदर र सम्मान गरदछन रमुस्लिम धर्मावलंबीहरूले दरगाहमा चादर ओढाउछन भने कृशिचियन धर्मावलंबीहरूले क़ब्रिस्तानमा मृतकको आत्माको शांति र समंझनाका लागी मैनबति बालने गरदछन रअतस् प्राकृतिक र आदिम धर्मको आधारमा नै वर्तमान विकसित “धर्म दर्शन ,अवधारणा र सिद्धांत “हरूको उदभव , विकास र प्रसार भयोकोहो भनेर भन  सकिनछ र
                  “मगराती वा मगरात धर्म  “
           “आदिम मगर “समाजले ढुगे युग देखी कृषि युगको अन्तिम समय सम्म आफनै स्थानीय वातावरण अनुसारको प्राकृतिक धर्मको उदभव र विकास गरि सकेका थिए रसो अनुसार धार्मिक अभ्यासहरू पनि विकसित गरेका थिएर
                     “मगराती धर्म दर्शन “
       आदिम समयमा मगरहरूले  आफुले मानि आएका “प्राकृतिक धर्म 
दर्शन “लाई यसरी व्याख्या गरेका थिएर
ससारमा“आत्मा “”अदृश्य शक्ति,”तथा “अलौकिक जीव “विद्यमान छन वा छर९ कगउभच लबतगचब िउयधभच को उपस्थित स्वीकार गरद छन०र तर शरीर नश्वर छ रशरीर नष्ट हुनछर तर ती शक्तिहरू अमर र अजर छनर कहिले पनि मेटिदैन नष्ट हुदैन भने मानयता  आदिम मगरहरुको थियो र“गीताले “पनि तयही कुरा महाभारत कालमा गरयोर
        मगरहरूले मगराती धर्म दर्शनमा चार तत्व९छार,डी,नमसु र नमखान०लाईआधार मानेको छन रयिनै भौतिक तत्वहरू बाट संसार निर्माण भएको  हो भनदछनर यी चारै तत्वहरू मा आत्मा को अस्तित्व हुनछरहिन्दू धर्ममा पाँच तत्वहरूलाई प्राथमिकता दिइएको छरआत्मा लाई छुटै तत्व मानद छन रभगवान कृष्ण र भगवान बुद्धको उपदेश प्रारंभमा मौखिक नै थियो रपछि गएर लिपिबद्ध भयो होलाजस्तो लागछर तर मगराती धर्म दर्शन आजपनि अलिखित नै छ रलिपिबद्ध हुन सकेको छैन रकारण मगर खोजकर्ता र बुद्धिजिवीहरूबाट उत्त दर्शन लाई लिपि बद्ध गरने प्रयास हाल सम्म गरन सकिएको छैन र 
                  “भावी खोज “
        भविषयमा कुनै न कुनै मगर विदानबाट मगराती धर्म र दर्शनको खोज ,अनुसंधान हुने छ र दर्शनको ब्याखया , विकास र विस्तार गरिने प्रयास हुने छ र दर्शन र अवधारणा लिपि बद्ध पनि हुने नै छ रकिराती धर्म मुनधम पनि पछि गएर लिपिबद्ध भएको बुझिनछ र
                 “मगराती संस्कार “
            आदिम समयमा मगरहरूले आफनो प्राकृतिक धर्म दर्शन को आधारमा धैरै धार्मिक सांस्कृतिक र सामाजिक संस्कार हरूविकसित गरेका थिए र धैरै परम्परा हरू प्रतिपादित गरेका थिए रजुन आज पनि जीवित र ऐतिहासिक छनर जस्तो पूर्वज  पुजा ,पितृ पुजा,९ब्लअभकतयच ध्यचकजष्उ ०कुलपूजा वा कुलयान पुजा ९ँबmष्थि न्यम ध्यचकजष्उ ०प्रकृति पुजा ९ल्बतगचभ ध्यचकजष्उ ०भुमया पुजा ,चण्डी पुजा ,वाराही पुजा ,वायु पुजा आदि संस्कार हरू विकसित गरेका थिए रयी संस्कार हरू को पृष्ठभूमिमा कुनै सैद्धांतिक वा दर्शनिक अवधारणा वा कुनै तर्क त थिए होलनरकल्पना भएपनि कुनै न कुनै दृष्टि वा कारक त होलारअन्धविश्वास भए पनि आधार त थिए होला र
          यदि आधारहरू थिए भने आदिम समयमा मगराती समाज र मगर समुदायको तार्किक क्षमता ,कल्पना गरने गुण चेतना र सोचने शक्तिको धैरै विकसित भएको रहेछ जस्तो लागछर
      आदिम मगर समाजले पालन गरि आएका  धार्मिक ,संस्कृति र सामाजिक अभ्यास हरू आदिम समय देखी वर्तमान सम्म जीवित छ रजबकि समय समयमा हुने धार्मिक आकरमण  संस्कृतिकरण र अतिक्रमणसगं मगर समाजलाई जुधनु पनि परयो र
             “मगरात पीठ ,कोत ,देवलहरू”
           मगराती वा मगरात धर्म दर्शन वा सैद्धांतिक आधारमा मगरात राज्यसत्ताले विभिन्न ठाऊंहरूमा  मगर शक्ति पीठ, कोत , देवल स्थापना गरेर मगर पुजारी हरूको व्यवस्था गरेका थिएर मगर पुजारी हरूले आफनै तन्त्र मन्त्र विकसित गरेका थिएर ती शक्ति पीठहरूमा मास्की राना, सारू, थापा, असलामी , पुलामी थरका मगर पुजारीहरू अझ पनि छन र बाहुन ,क्षेत्री नेवार सबै जातका भक्त हरूले मगर पुजारी हरूको हातबाट टिका प्रसाद ग्रहण गरने चलन अझ यथावत छदै छर 
                आलम देवी, मनकामना, गोरखा दरबार कासकी कोट, बुडासुबा धरान ,लमजुगं कोट ,मुसीकोट भीरकोट आदि बीस पचीस ठाऊंहरूमा प्राचीनकाल देखी मगरहरूको प्राकृतिक धर्म दर्शनमा आधारित शक्ति पीठ ,कोत वा देवलहरु स्थापित गरेका थिएर सबै जात जातीकास्थानीय भक्त जनहरू ले प्राचीन काल देखी मगर पुजारी र उहॉहरूको मन्त्र तन्त्र माथी गहिरो आस्था राखेका थिए रसोआज सम्म पनि यथावत छर 
           “आस्थाका आधारहरू“
                   अतस् आदिवासी मगर जनजातिको   धार्मिक आस्थाका आधारहरू प्राकृतिक धर्म दर्शन ९ब्लष्कmष्कm, एबलतजष्कm, ःयलष्कm,क्जबलष्कm, र द्ययलष्कm ०हुन रमगरात विशाल क्षेत्र भएकोले स्थानीय भौगोलिक वातावरण अनुसार ठाऊं ठाऊंमा धार्मिक आस्थामाकेही फरक हुनु स्वाभाविक हो र 
                   “उच्चता”
       प्राचीन कालमा “मगर जनजाति “ सभ्यताको शिखरमा पुगेका थिएर कति आकरमण ,अतिक्रमण ,दमन  भयो रतर आदिवासी मगर जनजातिको मगराती धर्म मगराती संस्कृति लाई पुरणरूपमा कुनै शासन प्रणाली वा राजसताले अझ सम्म मेटाउन सकेको छैन रनिर्मूल पारन सकेको  छैन  रनेस्त नाबुद गरन सकेको छैन र
                 “विश्व धर्म हरू “
          विश्वमा लिपिबद्ध र लिखीत धर्म दर्शन ९ईसाई,हिन्दू मुस्लिम र बौद्ध धर्म दर्शन आदि०धार्मिक कर्मकाण्ड र संस्कार हरू धैरै पछि प्रादुर्भाव भएरलेखन कलाको अविष्कार धैरै पछि भयो रतर धर्म,जीवन दर्शन, आस्था, विश्व वास ,मान्यता ,पूजा ,र अराधना मानवले पाषाण युग देखी शुरू गरेका थिएरवैज्ञानिक हरू को भनाई छर
              “विश्लेषण “
             अतस् आफनो आदिम,मूल र मौलिक ९यचष्नष्लब ि०धर्म दर्शन ,संस्कृति सामाजिक परम्परा एवं आस्थालाई हल्का ढंगले हेरनु उपयुक्त हुदैन जस्तो लागछरबरू गहिरो अनुसंधान गरेर विवेचना गरन ,विश्लेषण गरन तथा निष्कर्षमा  पुगन पर्यास गरनु परने हुनछरसाथै यी मगरहरुको धार्मिक सामाजिक सभ्यता र सम्पदा लाई लिपि बद्ध गरने प्रयास उपयुक्त होला जस्तो लागदछ र
                   “लिपिबद्ध धर्म दर्शनहरू”
        आदिम युग र आदिम संस्कृतिमा लेखन कला,अक्षर ,चित्र कला, ताड़पत्र,र ताँबा पत्र आदिको पुरण रूप उद्गम उत्पत्ति र विकास भएको थिएन रअतस्कुषि युग पछि नै लिपिबद्ध र लिखित धर्म तथा धर्म दर्शन को प्रचलन शुरू भएको होला जस्तो बुझिनछ रयी विभिन्न धर्महरूको आकार ,स्तर र सीमाहरू छन रजुन यस प्रकार छ र
      ९१० स्थानीय वा सामुदायिक स्तरमा स् अलिखित प्राकृतिक धर्म,नेपाल मा किराती,९३ ५०भारतमा  जैन ९४मिलिएन० कोओ डाइ ९४ मिलिएन०आदि र अफ़्रीका कोकुनैमुलुक मा स्थानीय धर्मका धर्मावलंबी जमा ।६ मिलिएन छनर
            ९२० क्षेत्रिय स्तरमा स्जुरोटिरीएन २।६ मिलिएन कनफुसियन९६ मिलिएन०इरान को बहाइ ९५ मिलियन०र
             ९३०अन्तर्राष्ट्रीय स्तरमा स्विश्व का सबभनदा पुराना धर्म हरू क्रिश्चियन,मुस्लिम,हिन्दू तथा बौद्ध दर्शन हुन रयी चारवटै धर्म हरू हजारौ हजारौ  वर्ष पुराना धर्म हुन भनदछनरयी धर्म का धर्मावलंबीहरूको संख्या ५०६ मिलियन देखी २।४ बिलियन सम्मछ र यिनीहरू का अनगिनत लिपिबद्ध धार्मिक साहित्य इतिहास ,दार्शनिक कृतिहरू छनर
                 “धर्म को विस्तार र सकुचन” 
          भनिनछ प्राचीन कालमा हिन्दू धर्मका विद्वान रृषी कश्यपको नाम बाट काश्मीर तथा क्यापिशयन सागर नाम राखियोको थियोरतयस समयमा अफगानिसतान बाट वियतनाम सम्म हिन्दू धर्म को विस्तार थियोर
           त्यसपछि अफ़ग़ानिस्तान देखी चीन जपान सम्म बुद्ध दर्शन फैलियोर 
 हाल मुस्लिम धर्म मध्य एशिया देखी वियतनाम र चीन सम्म पुगेको छर 
                  “धार्मिक प्रतिस्पर्धा “
       यी ठुला ठुला धर्मका धर्मावलंबी हरूमा आपसतमा वैमनस्यता पनिदेखन सकिनछर  
समय समयमा एउटा ले आरको धर्म माथी आकरमण र अतिक्रमण गरेका इतिहास पाइनछर एकले आरको धर्म को खेदो खनने चलन पनि छरयी ठुला र विश्व धर्महरूमा कहिले काहीं सहिष्णुता र सद्भावना को कमी पनि देखन सकिनछ र
           नालन्दा पुस्तकालय मा ६ महीना सम्म बौद्ध दर्शन का पुस्तक हरू जलाइएरअफ़ग़ानिस्तानमा विशाल बुद्धको   मुर्ति भतकाइयो र बाबरी मस्जिद तोड़फोड़ गरियोरतर स्थानीय स्तरमा प्राकृतिक धर्म र धर्मावलंबी हरू  शान्ती  ,सुखी स्थानीय , सन्तोष मय सामुदायिक जीवन यापन गरदै आएका छन रशान्त वातावरणमा हुर्रिकनछर
            “अत्याधिक धार्मिककरण”
         आदिवासी मुलवासी मगर जनजातिको पहिचान९ष्मभतष्तथ०भनेको केहोरु मगरहरुको शारीरिक बनावट,मातृभाषा,मौलिक धर्म,आस्था,विश्वास,जन्म देखी मृयुसम्म को सामाजिक संस्कार,सांस्कृतिक परम्परा,जीवन पद्धति सामाजिक संरचना मुलय ,मान्यता तथा आर्थिक परिपाटी हरू आदिरयी जम्मै तत्वहरू मिलेर मगर र मगरात को भौगोलिक ऐतिहासिक सभ्यता एंव संस्कृतिक सामाजिक पारम्परिक पहिचानको निर्माण गरदछर 
              केही हद सम्ममा धार्मिककरण र सांस्कृतिककरणभएमा  मगर समुदाय वा समाजमा धैरै असर परदैनर  तर अत्यधिक धार्मिककरण र संस्कृतिकरण भएमा आज को  ५० वर्ष पछि नाम थर र शारीरिक बनावट“बाट मात्र मगरहरू हुन भनेर चिनिने छन र
अरू पहिचानको लागी भविष्यमा सम्भवतः पुस्तक को अध्ययन गरनु परने हुनेछ र
                 “निरकयौल “
अतस् आजको “मगर चिन्तन “सांस्कृतिक सामाजिक एवं ऐतिहासिक पहिचानको संरक्षण र  संवर्द्धन होर ९बसी बियालो०र