Hamro Goreto
गैंडहवा प्रमुख प्रशासकीय चिरञ्जीवी घिमिरेको शुभ दिपावलि छठ पर्व को शुभकामना कोभिडि 19 बाट बचेर पर्व मनाउन अनुरोध
Friday, 13 Nov 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

दिनेश घिमिरे रुपन्देही   गैडहवा गाउँपालिका प्रमुख प्रशासकीय चिरञ्जीवी घिमिरे   ले शुभ दिपावलि तथा छठ पर्व को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।   
शुभ दिपावलिको लहर भएनि कोरोना नसकिएकाले कोरोना संग बचेर पर्व मनाउन समेत आग्रह गर्नु भएको छ उहाले यो समय देउसि भैलो कार्यक्रम नगरि घरमा बसि पर्व मनाउन गैडहवा बासिलाइ अनुरोध गर्नु भएको छ 
शुभ दिपावलिको अवसरमा आज हाम्रो गोरेटो अनलाइन खबर लाइ  दिनुभएको शुभकामना सन्देशमा उहाँले शुभ दिपावलि पर्वले सबै जात जाती धर्म  समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्नुभएको छ ।

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, वेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् भन्दै गापा प्रमुख प्रशासकीय घिमिरे  ले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएको बताउनुभएको छ ।

सन्देशमा प्रमुख प्रशासकीय घिमिरेले  समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस दिपावलि तथा छठ पर्वले प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ 

उहाले शुभ दिपावलि अर्थात भाइटिका को छुटै महतो रहेकाले यो पर्व लाई राम्रो र अनुसासित ढंगले तिहार पर्व मनाउन समेत आग्रह गर्नु भयो 
“हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रूपमा रहेका, एकता र सहिष्णुताको यो पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ, विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्, नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ”, सन्देशमा प्रमुखप्रशासकीय चिरञ्जीवी घिमिरे    उल्लेख गर्नुभएको छ