Hamro Goreto
कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रि तिहार तथा छठ पर्व को शुभकामना कोभिड बाट बचेर पर्व मनाउन अनुरोध
Saturday, 14 Nov 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

कन्चन १ कार्तिक २६  कन्चन गाउँपालिका प्रमुख गोकर्ण बहादुर क्षेत्रि ले शुभ दिपावलि तथा छठ पर्व को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।   
शुभ दिपावलिको लहर भएनि कोरोना नसकिएकाले कोरोना संग बचेर पर्व मनाउन समेत आग्रह गर्नु भएको छ उहाले यो समय देउसि भैलो कार्यक्रम नगरि घरमा बसि पर्व मनाउन अनुरोध गर्नु भएको छ 
शुभ दिपावलिको अवसरमा आज हाम्रो गोरेटो अनलाइन खबर लाइ  दिनुभएको शुभकामना सन्देशमा उहाँले शुभ दिपावलि पर्वले सबै जात जाती धर्म  समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्नुभएको छ ।

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो, यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, वेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् भन्दै गापा प्रमुख ले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएको बताउनुभएको छ ।

सन्देशमा प्रमुख क्षेत्रिले  समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस दिपावलि तथा छठ पर्वले प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उहाले शुभ दिपावलि अर्थात भाइटिका को छुटै महतो रहेकाले यो पर्व लाई राम्रो र अनुसासित ढंगले तिहार पर्व मनाउन समेत आग्रह गर्नु भयो 
“हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रूपमा रहेका, एकता र सहिष्णुताको यो पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्छ, विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्, नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ”, सन्देशमा प्रमुख क्षेत्रि ले उल्लेख गर्नुभएको छ ।

“विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको वास्तविकता प्रस्तुत गर्दै उहाँले लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो”, सन्देशमा उहाँले भन्नुभएको छ । उक्त विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा रहेको पालिका प्रमुख गोकर्ण बहादुर क्षेत्रि ले स्मरण गराउनुभएको छ