
३० कात्तिक, अाइतबार ।
पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयाेगशालामा ६ हजार ४७६ जनामा गरिएकाे पीसिअार परीक्षणमा १४७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
अाज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ।
हालसम्म निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ भने देशभर आज ३५ हजार १२५ जना संक्रमितहरु आइसोलेसनमा बसेका छन् ।
थ्यसैगरी, अाज काेराेना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । याेसँगै नेपालभर काेराेनाका कारण १ हजार २२१ जनाको मृत्यु भएको छ ।