
आफु मालिक भै अन्य व्यक्ति वा समूहलाई सामाजिक आर्थिक राजनैतिक तथा धार्मिक रुपबाट उनीहरुको इच्छा विपरित वाध्यात्मक परिस्थिती सृजना गरि काममा लगाइन्छ भने त्यसलाई दास भनिन्छ । ग्लोवल इन्डेक्सका अनुसार नेपालमा अहिले दुई लाख सत्तरी हजार जति नागरिक दासतापूर्ण जीवन बिताउन बाध्य छन् ।चन्द्र समशेरले नेपालमा दास प्रथा उन्मुलन गरेको ९२ वर्ष काटिसकेकोछ ।विश्वका देशहरुमध्ये दासताको क्रममा नेपाल पाचौँ स्थानमा पर्न आउछ ।नेपालमा बिगतका कानुनी मान्यता प्राप्त दासताअहिले पनि यो वा त्यो रुपमा लुकेर क्रियाशील भैरहेका मात्र होइन बरु आधुनिक दासताका नयाँ नयाँ ढाँचा आइरहेकाछन् ।पितृसत्तात्मक हाम्रो समाजमा महिलाले धेरै आकास थोरै धर्ति पाएकाछन् ।दासता भित्रको दासता को प्रतिशत निकाल्ने हिसाबको उतर फरक फरक मात्र होइन पास अङ्क पनि छैन। यस लेखमा नेपालमा बिगतदेखि बर्तमानसम्मका दासताका नमुना छोटकरी रुपमा प्रस्तुत गर्ने जमर्को गरिएकोछ ।
विभिन्न प्रथा परंपरा प्रचलन भित्र दासताको प्रष्ट प्रतिरुप देखिन्छ ।यहाँ केही प्रथा कानुनी रुपमा नरहे पनि व्यबहारिक रुपमा मेटिएका छैनन् । देउकी प्रथा मुद्दा जित्न ,छोरा पाउन ,लामो आयु बनाउन आदि जस्ता कार्य सफल होस भनि पूजा गर्न गरिब परिवारबाट छोरी किनी मंदिरमा चडाउने यसलाई देवदासी पनि भनिन्छ ।कमैया प्रथा९ ऋण बुझाउन नसक्दा साहु जमिनदारकाहाँ बसि सन्तान दरसन्तान निशुल्क काम गर्नु पर्ने० कानुनी रुपमा यो प्रथा हटे पनि उतित व्यवस्थापन नभएकाले बर्तमानमा पनि रहेकोछ ।
दास प्रथा वस्तुभाउ जस्तै मूल्य तोकि किनबेच गरिने छोराछोरी पनि बेचिने घर्ती डोले कमराका सन्तानको रुपमा अहिले पनि अपमानित छन् ।बाँध प्रथा आफ्ना सन्तानलाई बन्धक राखि ऋण लिने यो प्रचलन पनि चलि आएकोछ ।झुमारढावा पर्था वौध्द गुम्बाको सेवालाई माईली छोरी झुमा र माईलो छोरा ढावा चडाउने यस्ता व्यक्तिबाट जन्मेका अवैध सन्तान पनि झुमा र लामा हुनु पर्दछ ।
डंगवा प्रथा बिधवा महिलाले परपुरुषलाई लोग्ने बनाएर घर राख्ने तर आधिकारिक लोग्नेको हैसियत नदिने घोडाभेडा प्रथा झगडा मिलाई दिए बापत घोडा र भेडा भलआत्मी भनाउदालाई कोसेली दिनु पर्ने तथा निशुल्क काम गरिदिनु पर्ने सैलरी प्रथा ठूलाबडाहरुले युबती साथमालिईसयरगर्ने बालवालिका काममा लगाउने ठूलाबडाका घरमा ईट्टा भट्टा गलैचा जस्ता क्षेत्रमा बालबलीकाको प्रयोग बढि भए पनि यो सबै क्षेत्रमा व्याप्त छ मानव तस्कर गरि यो वा त्यो रुपमा विभिन्न मुलुकमा पु९याउने काम भइरहेकोछ ।यौन धन्दामा लगाउने बिदेशी कोठीमा बेच्ने काम पनि भैरहेकोछ ।मानव अंगको तस्करी पनि भैरहेको छ । बल पूर्बक बिवाहा गर्ने धेरै समुदायमा चलि आएको प्रथा हो ।पाले पुन्य मारे पाप नेपाली समुदायमा चलेकै भनाई हो । बेगारी प्रथा धनी सामन्त तथा सरकारी हाकिमका सामनका भारी सित्तैमा बोक्नु पर्ने हुलाक बस्तु भनि कर्मचारीका निजी सामनका थैला अझै पनि सकि नसकि हुलाकी हलखाडाहरुले बोक्दैछन् ।
बैदेशिक रोजगारलई बैरो प्रथा पनि भन्न सकिन्छ । आफ्नै देशमा गैरकानुनी रुपमा समेत धेरै रकम बुझाएर दलालको दास बनी बिदेश गएका नेपालीहरू बिदेशमा साहुको दास बनिरहेकाछन् ।कम ज्याला गाह्रो काम मात्र होइन बिशेषतस् अबैध रुपमा विदेश पुगेका लाई बन्धक बनाई चरम शोषण भैरहेकोछ ।बैदेशिक रोजगारीका लागि कानुनी रुपमा संगठित सरकारी कार्यालय बैदेशिक रोजगारी संस्था र दलालवीचको त्रिपक्षीय कुचक्रको माहाजालमा युवाहरु बल्झिरहेकाछन् । बैदेशिक रोजगार धेरैको लागि दुहुनो गाई भएकोछ ।
बिद्यार्थी भिसा गैर कानुनी रुपमा कम ज्यालामा कमाएको पैसा कलेजमा तिर्नु पर्ने नत्र भिसा नथपिने भय भैरहेकोछ राजदरवार पूर्व निम्न तहका कर्मचारी सुसारे जस्ता ब्यक्तिहरु गणतन्त्र पछि घर न घाटका भएकाछन् ।पहिले गुपचुप भएकाहरुमध्ये केहीले उपदान पाए, केही कर्मचारीमा समायोजन भए ।तर केहि व्यक्तिहरु यस्ता थिए जसको नाम दिदा राजदरबारको बदनाम हुने ठानि गुमनाम पारिएकाहरु पनि दास बर्गमा पर्न आउछन् ।तिनीहरु आफु अन्यायमा परेकाले सहयोगको लागि याचना गरिरहेकाछन् ।
सेना प्रहरीका उच्च पदस्त साहेपका घरमा ब्यक्तिगत नोकरको रुपमा सेवा सूविधा समेत कम पाई अपमानित दासको जीवन जीउन केही जमानहरु बाध्य छन् । घरेलु कामदारलाई ठूलावडा , हाकिम,मनवअधिकारकर्मी ,न्यायधीश, सांसद, मन्त्री जस्ता ब्याक्तिहरुका घरमा समेत तीब्र शोषण भैरहेकोछ । घरेलु नोकर भएमा मात्र आफ्नो इज्जेत बढने संस्कृति समाप्त भएको छैन ।मल्ल राजा जयप्रकासले तलेजु भवानीसंग जुवा खेलेको सनकी कथाका आधारमा कुमारी राख्ने प्रथा चल्दै आएकोछ ।सरकारको गुठी संस्थानले समेत यस्तो प्रथा संचालनमा सहभागी हुनु बिडम्बना नै मान्नुपर्छ ।मानवलाई मन्दिरमा थुनी मानवोचित हक कुन्ठित गरिएकोछ । दुर्गम गाँउहरुबाट महिलाहरुलाई पर्यटकहरुले बिवाहा गरि आफ्नो देशमा पु९याई दासतापूर्ण जीवन बिताउन बाध्य पारिएकाछन् ।संसारको जुनसुकै युध्दमा पनि दास बनाउने गरेको पाइन्छ ।नेपालको दस वर्षे युध्दमा पनि बेपत्ता बिस्थापितहरुलाई घर घरमा नोकर बनाएर राखियो ।सिबिरमा होस वा वर्ग सत्रुको नाममा दास बनाईयो ।
यस्ता दासहरुको संख्या अहिले छैनन् भन्ने अवस्था छैन। ब्यापकअर्थमा लिने हो भने पटी छोडे पुराना मुद्धामा फसिने भयले कुनै पाटिको सदस्य भै बाध्यतावश पछि लागिरहनु पर्ने को संख्या पनि यसमा सामेल गर्न सकिन्छ ।सबै खाले सिन्डिकेटधारी ,बिचौलीया, कमिशनखोर, दलाल, सट्टेवादी, भष्टचारी,डलरवादी आदिले पनि अरुको भाग खोसेर मालिक बन्ने हुन ।नेपालको अस्थिर राजनीतिले केहिको रोजगारी इलम उमेर शिक्षा स्वाभिमान बाध्यात्मक रुपमा अरुको नियन्त्रणमा जादा दासतातिर परिलक्षित भएकोछ ।राजनीति फापेकाहरु मालिक बर्गमा पुगेकाछन् ।राष्टियता स्वभिमान बिनाको मालिक पनि प्रकारा न्तस् कसैको दास बनिरहेको हुन्छ ।मार्सका अनुसार ईतिहास दोहोरिन्छ , पहिले त्रासदी रुपमा र दोस्रो मजाकको रुपमा । आफ्नो भनिने राजनैतिक पाटीको जस्तोसुकै कुकृत्य पनि ढाकछोप गर्ने आफ्नो इतरको वढाई चढाई बिरोध अवरोध गर्ने दुई थरि अतिवाद पनि दासताका पक्षमा रहेको हुन्छ ।दासता एउटा मनोवृति पनि हो ।सबै कुरा निरपेक्ष रुपमा राजनैतिक नेता पाटी र ब्यबस्थाको सत्यसराप गर्ने मनोवृतिको पनि व्यापक प्रयोग र दुरुपयोग भइरहेकोछ ।कालो बादलमा पनि चाँदीको घेरा हुन्छ ।अहिले कुनै परिवर्तन र सूधार हुँदै नभएको ठान्नु पनि अर्गेलो हुन्छ ।समतामूलक समाज निर्माणको लागि हामी आफैले आ आफ्नो घरमा समता अपनाउन आबश्यक छ । दासताको जुनसुकै अंशलाई पनि शुक्ष्मतापूर्बक अध्ययन गरि उजागरण गर्नै पर्दछ ।दास व्यापार उन्मूलन दिवसले दासता र दास मनोवृतिप्रति हामी सबैलाई झस्काओस् ।