Hamro Goreto
सैनामैना जेसिज स्पिकर अफ दि एयर सिजन २ को उपाधि दिपाका घिमिरे लाइ
Saturday, 05 Dec 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

सैनामैना जेसीज स्पिकर अफ दि एयर सिजन २ को उपाधी दिपिका घिमिरले हात पारेकी छन् ।
सैनामैना जेसिजद्वारा आयोजित सैनामैना जेसिज स्पीकर अफ दि एयर २०२० सिजन २ मा अन्य प्रतिस्पार्धीलाई उछिन्दै दिपिका घिमिरे प्रथम हुन सफल भएकी हुन् । उनले उपाधी सहित नगद ७ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारेकी छिन् । ।
यस्तै प्रतियोगितामा बिबिका बेल्बासे द्धितिय र दिनेश न्यौपाने तृतिय भएका छन् । उनीहरुले क्रमश ः नगद ५ हजार र ३ हजार तथा सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै आउट स्ट्न्डीङग प्रियंका भण्डारी, वेस्ट पर्फमेन्स प्रतीक्षा पौडेल र गुड पर्सनालिटिको अवर्ड सन्दीप खनालले जितेका छन् ।
सैनामैना जेसीजले हरेक वर्ष अयोजना गर्दै आएको प्रतियोगितामा “देशकै नमुना बन्न सक्छ सैनामैना” भन्ने शीर्षकमा प्रतियोगिहरुले आफ्नो धारणा राखेका थिए ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक तथा संसाद फकरुद्धिन खानले सफल समाजिक अभियान्ता, राजनितिक व्यक्तित्व, सफल उद्योगी व्यवसायी बन्न वक्कला अति आवश्यक रहेको बताउनुभयो । समाज रुपन्तारणका लागि युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा जेसीजले पु¥याएको योगदान अतुलनिय रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश पर्यटकीय क्षेत्रले बढी सम्भवना बोकेको प्रदेशको हो सांसद खानले भने सैनामैना लुम्बिनीको समिप्यतामा रहेकोले समृद्ध सैनामैना बन्न हरेक हिसावले उपयुक्त भएको बताउभयो ।
उद्योगी व्यापारीहरुका लागि सैनामैना उचित रोजाईको केन्द्र बन्न सक्नेछ भन्दै सांसदले आर्थिक रुपले सैनामैनाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सैनामैना जेसीज वर्ष २०२० की अध्यक्ष सिता क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, बुटलव जेसीजका अध्यक्ष राजीव गौतम, कंचन जेसीजका अध्यक्ष बाबुराम पौडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष दुर्गा गौतम लगायतले बोल्दै समाज विकासमा युवाहरुको भुमिका आवश्यक रहेकोले युवाहरुको नेतृत्व विकासको अग्राणी संस्था जेसिजले गरेको कार्य समाजमा उदाहरण पेश गरेको कुरा बताएका थिए ।
स्पीकर अफ दि इयर सिजन २ फाइनलको निर्णायकको भूमिकामा बुद्धभुमि जेसिजका संस्थापक अध्यक्ष, सञ्चारकर्मी एवं प्रशिक्षक राजिव खनाल र रचना पौडेलले गर्नुभएको थियो ।
संस्थाका महासचिव यदुनन्द भण्डारीको सञ्चालन तथा कार्यक्रमको संयोजन एवं स्वागत मन्तव्य अध्यक्ष सल्लाकार कृष्ण भण्डारीले राख्नुभएको थियो ।