Hamro Goreto
भुमायिफिया विरुद्ध ओ लि सरकार ले गर्‍यो कारबाही फिर्ता गर्‍यो १२२ बिगाहा जग्गा
Saturday, 05 Dec 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

भूमाफियाविरुद्ध शुरु देखी नै आक्रमक बन्दै आएको सरकारले रौतहटमा १२२ बिगाहा जमीन आफ्नो नाममा फिर्ता ल्याएको छ । विगतमा सरकारी जग्गा रहेको सो जमिन भूमाफियाहरुले आफ्नो नाममा ल्याएका थिए ।

गुजारा नगरपालिका–१ मा रहेको १२२ बिगाहा जमिन भु–माफियाहरुले अतिक्रमण गरेका थिए । भुमिसुधार मन्त्री पद्मा अर्यालले सो जग्गा सरकारको नाममा फिर्ता ल्याईसकेको जानकारी दिनुभयो । रौतहटको राष्ट्रिय वनको सयौँ बिगाहा जमिन दर्जनौँ व्यक्तिको नामबाट फेरि सरकारको नाममा फिर्ता भएको हो । नगरपालिकास्थित राष्ट्रिय वनको जमिन हड्पेर २६ जनाले आफ्नो नाममा गराउन सफल भएका थिए ।

साबिकको रंगपुर गाउँ विकास समिति नजिकको राष्ट्रिय वन क्षेत्रको जमिन सर्लाही, ओखलढुंगा, काठमाडौँ, रामेछाप, सिन्धुली, सोलुखुम्बु तथा सिन्धुपाल्चोकसमेतका जिल्लाका विभिन्न २६ जनाको नाममा तत्कालीन नापी कार्यालयले जग्गाधनी स्रेस्ता कायम गरेको थियो ।

राष्ट्रिय वनको धेरै ठूलो क्षेत्र व्यक्तिको नाममा गएको भन्ने हल्ला चलेको भए पनि तत्काल कुनै ठोस कारबाही हुन सकेको थिएन । पछिल्लो समयमा नापी विभागको आदेश भएपछि मालपोत कार्यालयको स्वीकृतिमा व्यक्तिको नाममा गइसकेको जमिन सरकारको नाममा आएको हो ।