Hamro Goreto
बुटवल सुख्खा नगरमा गैडाको खाक सहित पक्राउ परेका तस्कर र प्रहरी बीच झडप १ जना घाइते २ पक्राउ १ फरार
Saturday, 05 Dec 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

दिनेश घिमिरे बुटवल मंसिर २१/ बुटवलको मिलनचाेकमा गाेली चलेकाे छ । बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचाेक देखि पुर्व तर्फ सुख्खाा नगरमा रहेकाे कलस हाेटलमा गाेली चलेको स्थानीयले बताएको प्रहरीले बताएको छ । 

गैडाकाे खाग तस्करीमा सम्लग्नहरु बसेकाे सुुुुुुुचनाका आधारमा पुगेको प्रहरी टाेलीलाई खाग तस्करले पिस्तोल खाेसेर प्रहार गर्दा तस्करीमा सम्लग्ननै घाइते भएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।

घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ , उनलाई चिउडाेमा गाेली लागेको छ । प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना भागेको प्रहरीले बताएको छ ।  

होटल कलसमा तस्करहरु बसेको कोठाबाट प्रहरीले गैडाको खाग बरामद गरेको छ ।