Hamro Goreto
आफ्नो छोरीलाई बलात्कार गरेको आरोप बाबु पक्राउ
Wednesday, 09 Dec 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

 आफ्नै छोरी बलात्कार गरेको आरोपमा दैलेखमा बावु पक्राउ परेका छन । आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुष बाबुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपी ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ती पुरुषले गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका ती पुरुषमाथि जिल्ला अदालत दैलेखबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।