
मथुरा पिया
भू.पू.अध्यक्ष, बुटवल जेसीज
जेसिज सिक्ने सिकाउने युवाहरुको थलो हो । १८ बर्ष देखि ४० बर्ष बिचको व्यक्तिलाई जेसीजले युवा भन्ने गर्दछ । संस्थाले व्यक्ति विकासको लागि पहल गर्दछ । कस्ता व्यक्तिको व्यक्तित्व विकास भएकोछ । यो मूल बिषय हो । राम्रो मिलाएर डे«सअप व्यक्तिको व्यक्तित्व झल्कन सक्दछ । तर त्यो पर्याप्त छैन । व्यक्तित्व विकास नेतृत्व विकास संग जोडिएको छ । नेतृत्व विकासको लागि जेसीसले विभिन्न क्रियाकलाप गर्दछ । जस अन्तर्गत लिडरसीप एक्सन कोर्ष एक हो । अर्को देशको समसामायिक घटनासंग सम्बन्धित थेम सेमिनार आयोजना गर्छ । उक्त कार्यक्रममाएक्सपर्टहरुस“ग छलफलमा सहभागी हुने अवसर मिल्दछ । यसले यूवाहरुमा केही न केही परिवर्तन पक्कै आउछ । यो परिवर्तन आउनु पनि व्यक्तित्व विकास हो । उपरोक्त कारक बाहेक व्यक्तित्व विकासको लागि सर्वप्रथम त अध्ययन नै ठूलो कडी हो । किताबी अध्ययनले नै पहिलो महत्व राख्दछ ।
अब रिडरको विषयमा ठोर बहुत चर्चा गरौं । व्यक्तिले जस्ले पढ्छ वा विशेष जो पढ्न सौखिन छ उही नै रिडर हो । तर रिडरको रुप बेग्लाबेग्लै छ । लक्षित प्राप्तको लागि विद्यार्थीलाई अध्ययन गर्नको लागि पढिरहन दिनु पनि रिडर हो । पु्रफ रिडर भन्नाले किताब प्रकाशित गर्नुभन्दा पहिले ठिक बेठिक छुत्याउन पढ्नको लागि भर्ना गरेको व्यक्ति हुन् । पब्लिसर रिडर भन्नाले त्यो व्यक्ति हो जसलाई लेख प्रकाशित गर्नुभन्दा पहिले ठिक बेठिक छुत्याउने लागि पढ्नको लागि भर्ना गरेको व्यक्ति हो । ले लिडर भर्नाले चर्च सेवाको लागि पढ्न भर्ना गरिएको व्यक्ति हो । युनिभरसिटीको हकमा रिडर भन्नाले सिनियर युनिभर्सिटी शिक्षक हो जस्को दर्जा प्रोफेसर मूनि हो । बुद्धिजीवी माधव जिसी भन्नुहुन्छ रिडरको नेपालीमा सह–प्राध्यापक दर्साउ“छ । त्रिभुवन विश्व विद्यालयमा प्राध्यापक गर्ने सहसचिव सरहको पदलाई सह प्राध्यापक भनिन्छ । स्नोकात्तर तहमा न्यूनतम दोश्रो श्रेणीमा उत्तिर्ण गरे पश्चात त्रि.वि. सेवा आयोगले दिने लिखित परिक्षा तथा अन्तर्वातामा उत्तिर्ण भएको योग्य व्यक्ति उप प्राध्यापक पदमा स्थायी नियुक्ती पाउनेछन् । त्रि.वि.मा स्थायी भएपछि स्नाकोत्तर तहमा प्रथम श्रेणी भएको विद्यावारिधी उपाद्यी ग्रहण गरेको व्यक्तिले ८ बर्ष सेवा पुरा गरेपछि सह प्रध्यापक पदको लागि योग्य हुनेछन् भने स्नाकोत्तर प्रथम र द्वितिय श्रेणी तर विद्यावारिधी नभएमा ११ बर्ष सेवा अवधि पुगेको हुनुपर्दछ ।
सह प्राध्यापक पदका लागि योग्यता पुगेका व्यक्तिहरुले बढुवाको लागि आन्तरिक तथा खुल्ला प्रतिस्पर्धी गर्नुपर्ने हुन्छ । उक्त बढुवाको लागि गरिने विज्ञापनमा निश्चित सिट संख्या निर्धारण गरिन्छ र अनुभव कृति प्रकाशन अनुसन्धान कार्य विद्यावारिधी शैक्षिक योग्यताका लागि व्यक्तिलाई योग्यता हेरी तोकिएको सिट संख्याका आधारमा सह प्राध्यापक पदमा बढुवा हुन्छ । निश्चित सिट संख्यामा नपर्ने उम्मेदवारहरु बढुवा हुन पाउदैन् ।
अन्तमा पढ्ने भन्ने कुरा सिक्नको लागि र पढ्ने बानी बसाल्नु पनि हो । पढेर धेरै विषयमा ज्ञान प्राप्त गर्दछ । तर जेसीजहरुले के पढ्ने के सिक्ने यो अहम हो । जेसीज सदस्यले सर्वप्रथम सकारात्मक सोच राख्न सक्नु प¥यो । यी खुबीहरु हासिल गर्नको लागि सुरुमा पढ्नु नै प¥यो । तर कुन किताब पढ्ने कुन विषयलाई प्राथमिकता दिने यो अहम कुरा हो । पढ्न त जुन विषयमा पढेपनि राम्रै हो । तर जेसीज संस्थामा आबद्ध भैसकेपछि सदस्यहरुले सकभर निम्न किताबहरु पढ्नु उत्तम हुनेछ । जेसीजका एक्सपर्ट हरु यसै भन्छन् । सर्वप्रथम नरमन भिन्सेट पियलेका किताबहरु (क) द पावर अफ पोजेटिभ ठिङकिङ (ख) द पावर अफ पोजेटिभ लिभिङ (ग) द एमेजिङ रिजल्ट अफ पोजेटिभ ठिङकिङ (घ) दपोजेटिभ वे टु चेन्ज योएर लाईफ (ङ) द पावर अफ पोजेटिभ ठिङकिङ फर यड्ड पिपुल (च) स्टे एलिभ अल योएर लाइफ (छ) कोरेज एण्ड कम्फीदेन्स (ज) यू क्यान इफ यू ठिङ यू क्यान । दोस्रो देल कार्निगका किताबहरु (क) हाउ टु स्टप वरिङ एण्ड स्टाट लिभिङ (ख) हाउ टु इर्नजोय लाइफ एण्ड योर जब (ग) हाउ टु विन फ्रेण्डस् एण्ड इनल्सस पिपुल । त्यसपछि सिभ खेराको किताब यू क्यान विन, कर्णशाक्यको किताबहरु सोच, खोज, मोज, म सक्छु, भेनरेवल सन्चा रिपोचे को किताब “द सेभेन प्वाइन्ट अफ माइन्द टे«निङ”, रविन्द्र मिश्रको खान पुगोस् दिन पुगोस् । र हर्मन हेम्सको किताब सिद्धार्थ पढ्न सके राम्रै हुन्छ । यी किताबहरु बाहेक जेसी अन्र्तराष्ट्रियको रोवट रुल अफ अदर, नेपाल जेसीजको विधानसाथै प्रजातान्त्रिक मुलुकका संविधानहरु र नेपाल व्यवस्थापिका संसद नियमावली २०७३ पनि जेसीजहरुले पढ्नु पर्ने किताबहरु हुन् । किनकी जेसीजहरु आफै अघोषित विद्यायक विद्याप्रक हुन । विद्यायकको मुख्य काम भनेको संसद सभामा नियममा रही बोल्नुका साथै कानुन बनाउने प्रक्रियामा सहभागी हुनु हो । सरकारको तिन अंग कार्यपालिका, न्यायपालिका मध्ये व्यवस्थापिका सदस्यहरुको भूमिका उच्च छ । यसरी अघोषित संसद सदस्यको रुपमा परिचित जेसीजहरुको भूमिका पनि गहन छ । यसैले जेसी सदस्यहरुले उपरोक्त किताबहरु पढ्नु अति आवश्यक छ । यी त सानो उदाहरण मात्र हो । अन्य आफ्ना रुचीका किताबहरु साथसाथै ठूलाबडाले भनेका किताबहरु अध्ययन गर्न जरुरी छ ।