Hamro Goreto
शुक्रबार काेराेनाका ७८२ जना संक्रमित थपिए, थप १६ जनाकाे मृत्यु
Friday, 18 Dec 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

पुस ३, शुक्रबार।

बितेकाे २४ घण्टामा नेपालमा थप ७८२ जना मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । देशका विभिन्न प्रयाेगशालामा ५७०६ जनाकाे पीसीआर परीक्षण गर्दा ४७७ जना पुरुष र ३०५ जना महिला गरी कुल ७८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यससँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार २९ रहेको छ । हालसम्म संख्या २ लाख ४१ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, नेपालभर हालसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।