
संसद् विघटन गरिएको होइन, प्रतिनिधि सभा मात्र विघटन गरिएको हो । संसद् विघटन हुन सक्दैन, प्रधानमन्त्रीले सिफारिस गर्नुभएको पनि होइन । संसद् विघटन भनी समाचार प्रवाह हुँदा आम जनतामा भ्रम उत्पन्न भएको छ ।नेपालको संविधान अनुसार संघीय संसद्मा दुई सदन छन् प्रतिनिधि सभा र राष्ट्रिय सभा । प्रतिनिधि सभा विघटन हुनसक्छ भने राष्ट्रिय सभा कहिल्यै विघटन हुन सक्दैन । राष्ट्रिय सभा स्थायी सदन हो । यसका एक तिहाई सदस्य हरेक दुई वर्षमा फेरिन्छन् । तर, प्रतिनिधि सभाको कार्यकाल भने अगावै विघटन भएमा बाहेक पाँच वर्षको हुन्छ । प्रतिनिधि सभा विघटन भए पनि राष्ट्रिय सभा विघटन गर्न सकिने प्रावधान संविधानमा छैन ।