Hamro Goreto
जनताको हात मा लाल पुर्जा दिएर मात्रै चुनाव मा जान्छु लुम्बिनी प्रदेश का सांसद ढकाल
Friday, 25 Dec 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

सैनामैना । लुम्बिनि प्रदेशका सत्ता पक्षका प्रमुख सचेतक तथा नेकपाका सङ्गठन बिभाग प्रमुख भुमिश्वर ढकालले लक्षित जनताको हातमा लालपुर्जा दिएर मात्र जनता सामु चुनाबमा जाने बताउनु भएको छ । भुमि सम्बन्धि समस्या आयोगद्धारा सैनामैना नगरपालिकामा गरिएको कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद ढकालले यस्तो बताउनु भएको हो । भुमिहिन सुकुम्बासि, दलित सुकुम्बासि तथा अब्यवस्थित बसोबासिको समस्या पहिले देलि नै चुनाबि नारा मात्रै बनेको उल्लेख गर्दै यो सरकारले यस समस्याको निराकरण गर्ने बताउनुभयो । बर्तमान सरकारले देबि ज्ञवाली नेत्रित्वमा बनाएको भुमि तथा सुकुम्बासि समस्या समाधान सम्बन्धि आयोग पहिले बनेका भन्दा अधिकार प्राप्त आयोग भएकाले सरकार नरहे पनि यसले आफ्नो काम गरि राम्रो प्रतिफल दिने बताउनुभयो । फरक प्रसगमा बोल्दै प्रमुख सचेतक ढकालले प्रधानमन्त्रिलाइ चौघेरामा राखि काम गर्न नदिएपछि प्रधानमन्त्रिले ससद बिघटन गर्नु परेको बताउनु भयो ।
अभिमुखि कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपालि काङग्रेसका रुपन्देहि जिल्ला उपसभापति फडेन्द्र शर्माले दुइ तिहाइको सरकाले जनताको आशातित कार्यहरु नगरेको भन्दै प्रधानमन्त्रिले सबिधनको मर्म बिपरितकाम गरेको आरोप लगाउनु भयो । आयोगले न्यायोचित तबरले काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तथा सैनामैना नगरपालिका नगरप्रमुख चित्रबहादुर कार्किले राष्टिय समस्याहरु मध्येको एक समस्या समाधान गर्ने अवसर नगरपालिकाले पाएको र यो समस्या सधैका लागि हटाउन नगरपालिका कुशलता पुर्वक सम्पन्न गर्ने बताउनुभयो । यसकका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै नगरपालिकाले खटाएका गणकलाइ नगरवासिले सहयोग गर्नुपर्ने बताउनु भयो । नगर प्रमुख कार्किका अनुसार टोल बिकास सस्थाका पदाधिकारि, महिला स्वयम् सेविका , जनप्रतिनिधि सबैजना सामाजिक परिचालकको भुमिकामा रहनेछन ।

No description available.


यस्तै आयोगका विज्ञ सदस्य तथा नापि अधिकृत मणि रेग्मिले सविधानमा भएका कुराहरुको बारेमा जानकारि दिदै लगत सङकलन गर्ने अधिकार स्थानिय तहलाइ रहेको र लालपुर्जा वितरण गर्ने काम आयोगको रहेको जानकारि दिदै उहाले गणक तथा उपस्थितलाइ प्रशिक्षण दिनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रम सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्किको अध्यक्षता, लुम्बिनि प्रदेशका नेकपाका प्रमुख सचेतक भुमिश्व ढकालको प्रमुख आतिथ्यता, जनप्रतिनिधि, क्रमचारि, बिभिन्न राजनितिक दल, टोल बिकास सस्था तथा बिभिन्न सघ सस्थाका प्रतिनिधि , महिला स्वयम सेबिका, पत्रकार आदिको आतिथ्यता तथा नगर उपप्रमुख बिना रानाको स्वागत एवम लक्ष्मि खनालको सञ्चालनमा सम्पन्न भएको हो ।