Hamro Goreto
नेपालगन्ज खजुरा ज्ञान केन्द्र मा किसानहरूको लागि कल सेन्टर सन्चालन हुदै
Wednesday, 27 Jan 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

खजुराबाट किसान कल सेन्टरको सेवा, १५ गते उद्घाटन
नेपालगन्ज: बाँकेको खजुरामा किसान कल सेन्टर स्थापना गरिने भएको छ ।

लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खजुरामा प्रदेशका किसानहरुलाई लक्षित गर्दै किसान कल सेन्टर संचालनमा ल्याउन लागेको हो । कृषकको संख्या बढि र कृषि प्रावधिक सोको अनुपातमा धेरै कम रहेकाले कृषकहरुले प्रावधिक सहयोग आवश्यक परेको बेला पाउन नसकेको गुनासो आउन थालेपछि मन्त्रालयले किसानको समस्या समाधान गर्न एकै स्थानबाट प्रदेशभरिका कृषकहरुलाई टेलिफोनको माध्यमबाट विज्ञहरु जोड्ने र प्रावधिक ज्ञान प्रदान गर्ने उदेश्यले किसान कल सेन्टर संचालनमा ल्याउन लागेको हो ।


खजुरामा रहेको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा किसान कल सेन्टर स्थापना गरेर किसानको समस्या फोन बाटै विज्ञद्धारा समाधान गर्नै गरि माघ १५ गते देखि ओपचारिक रुपमा सुरुवात गरिदैछ । किसान कल सेन्टर स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय धाउन नपर्ने बातावरण सिर्जना गर्न खोजिएको मन्त्रालयले जनाएको छ । किसान कल, सेन्टर स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि सम्बन्धि सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्याहरु तथा क्षति समाधानका उपाय, सुचनाहरु एकै ठाउँबाट उपलव्ध गराउनु मुख्य उदेश्य भएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख अमरराज शर्मा घिमिरेले जानकारी दिनुभयो ।

तालिम केन्द्रले हप्ताको तिन दिन आइतबार, मंगलबार र विहिबार किसान कल सेन्टर सन्चालन गर्ने भएको हो । दिउँसो १ बजेदेखि ४ बजेसम्म निशुल्क फोन नम्बर १६६०८१५२०९९ मा फोन गरेर किसानहरुले आफ्नो समस्या राख्ने र त्यसको जवाफ सम्बन्धित विज्ञले दिने तालिम केन्द्रका प्रमुख घिमिरेले जानकारी दिनुभयो । किसान कल सेन्टरको उदघाटन कृषि मन्त्रि आरति पौडेलले गर्नुहुने भएको छ ।

किसान कल सेन्टरलाई लुम्बिनी प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी सहकारी मन्त्रालयले महत्व दिएकोले पनि उक्त कार्याक्रमलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको समितिका सदस्य समेत रहेका कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।