
भैरहवा फागुन ३ / नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिष्ट सरकारसंग जनता आजित परेको भन्दै कार्यकर्तालाई जनताको घर घर गएर जनताको सेवा गर्न आग्रह गर्नु भएको छ ।
जनता नै देशका मालीक हुन जनतालाई खुसी पार्नुस चुनाव सजिलै जितिन्छ भाषण गरेर मात्रै हुदैन देउवाले भन्नु भयो ।
भैरहवामा आयोजित बिरोध सभामा बोल्दै कांग्रेस सभापती देउवाले नेपाली कांग्रेसले अदालतको निर्णय सदैव मान्दै आएको र अव पनि अदालतको निर्णयलाई सम्मान गर्ने बताउनु भयो ।
देउवाले अदालतले चुनावमा जानुपर्छ भन्यो भने तयार हुनुपर्ने देउवाले अदालतलाई विश्वास गर्न आग्रह गर्नु भयो । ‘अदालतले चुनाव गराउँ भन्छ भने पनि ठीक छ। चुनाव भयो भने त्यो भन्दा ठूलो अदालतमा जाउँला। अदालतमा विचाराधिन मुद्दामा हामीले यस्तो गर उस्तो गर भन्न मिल्दैन।’ देउवाको भनाई थियो ।
निर्वाचनको तयारी नगरेको भन्दै निर्वाचन आयोगप्रति आक्रोस ब्यक्त गर्नु भएका देउवाले सरकारले घोषणा गरेको चुनावमा निर्वाचन आयोगले चासो नदिएको आरोप लगाउनु भयो ।
देउवाले आयोगले निर्वाचन आयोगका गतिबिधीका कारण निर्वाचन हुन्छ हुदैन भन्नेमा माथि शंका गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नु भयो । ‘निर्वाचन आयोगले किन चुनाव गर्छु भन्दैन । आयोग माथि शंका गर्नुपर्ने भएको छ । किन तालीका सार्वजनिक गर्दैन ।’ उनले भने ‘चुनावको कार्यक्रम किन दिन सकेको छैन। अदालतको निर्णय चुनाव नगराउने भन्ने आयो भने बन्द गरे भइहाल्यो ।’ देउवाले भन्नु भयो ।
अदालतले भन्दा निर्वाचन आयोगले बदमासी गर्न पनि सक्ने खतरा देखियो ’ ‘चुनाव नगर्ने हो भने चुनाव गराउँदिन भन्न पर्यो ।’ देउवाले भन्नु भयो ।