Hamro Goreto
कंग्रेस , प्रचण्ड ,नेपाल समुह लाइ पराजित गर्दै ओ लि समुह का गौतम रुपन्देही होटेल व्यावसायि अध्यक्ष मा बिजय
Monday, 01 Mar 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

रुपन्देही । होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघको अध्यक्षमा नेकपा ओली पक्ष निकट रामप्रसाद गौतम निर्वाचित भएका छन् । संघको निर्वाचनमा नेकपा ओली पक्ष निकट बाहेक सबै दलको एउटै प्यानल बने पनि निर्वाचनको परिणाम भने ओली पक्ष निकट व्यवसायीले हात पारेका हुन्।

सोमबार भएको निर्वाचनमा निकटम प्रतिस्पर्धी जीवनप्रसाद श्रेष्ठलाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित भएका हुुन् । श्रेष्ठ प्रचण्ड–नेपाल, नेपाली कांग्रेससहितका ४ दलको समर्थनमा चुनाव लडेका थिए ।

वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्धितीय उपाध्यक्षमा रोमकान्त पाण्डे निर्वाचित छन् ।

महासचिवमा माधवकुमार खनाल निर्वाचित भएका भने कोषाध्यक्षमा टंक प्रसाद पराजुली निर्वाचित भएका छन् । सचिवमा अर्जुन थापा र स हकोषाध्यक्षमा खिमराज पोखरेल भने निर्विरोध चयन भएका छन् ।

सदस्यमा अर्जुन पोखरेल, थम्मन भण्डारी, उमेश सापकोटा, तुलसीराम पराजुली, माधव ढकाल, टंकप्रसाद पोखरेल, रामबहादुर न्यौपाने, कृष्ण प्रसाद पाण्डे, डिल्लीराज अर्याल केशवराज कंडेल, खुमराज ज्ञवाली विजयी भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले जानकारी दिए ।