Hamro Goreto
कञ्चन गाउँ पालिका अध्यक्ष क्षेत्री को अनुरोध घरमै बसेर होलि पर्व मनाउन अनुरोध
Saturday, 27 Mar 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

रुपन्देही कन्चन गाउँ पालिका , चैत्र १५ ।  कन्चन गाउँ पालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री ले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गर्नुभएको छ । चलानी नं ८९७२ २९७७/१२/१९ गते जिल्ला प्रशासन बाट आएको पत्र को आधार मा उहाँ ले सहि गरेको पत्र मा उक्त सन्देश लेखेर गाउँ पालिकाको फेसबुक पेज बाट जानकारी गराइएको छ।अहिले पनि कोरोना भाइरस (कोभिड–१९) महामारी टरिनसकेको भन्दै गोकर्ण बहादुर क्षेत्री ले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गर्नुभएको हो । होली पर्वको शुभकामना दिदै उहाँले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

साथै यसै पर्वका अवसरमा गाउँ पालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री ले  सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामना समेत गर्नुभएको छ । होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति¸कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य¸सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गरेको शुभकामना सन्देशमा उल्लेख छ । यस्तै, गाउँ पालिका उपाध्यक्ष गोमा तरामुले पनि  पनि शुभकामना सन्देश जारी गर्दै होली पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।