Hamro Goreto
पहिलो पाइला नेपाल लुम्बिनी प्रदेश बुटवल को अध्यक्ष मा पारस मरासिनी बिजय शिक्षा स्वास्थ्य क्षेत्र काम गर्ने प्रतिबद्धता
Tuesday, 30 Mar 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

लुम्बिनी प्रदेश रुपन्देही जिल्ला बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाको दोश्रो शाखा अधिवेशनबाट पारस मरासिनीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन ।

शाखको प्रथम उपाध्यक्षमा बाबुराम खनाल, द्वितीय उपाध्यक्षमा लक्ष्मी केसी, सचिवमा ममता बोहोरा,सह सचिवमा रमेश पछाई र गोमा भट्टराई, कोषाध्यक्षमा सन्तोष न्यौपाने, सह कोषाध्यक्षमा नबिन पोख्रल र कोपिला नेपाल चयन भएका छन ।

शाखाको कार्यसमितिसदस्यहरुमा शारदा पौडेल, निर्मल बेल्बासे,राजन अधिकारी र युवराज पाण्डे चयन भएका हुन ।यस्तै संस्थाकि संस्थापक अध्यक्ष प्रतिभा क्षेत्रीले पहिलो पाइला ले गरिव दुखी र पिछडिएका वर्ग मा काम गर्ने भन्दै यस्ता कुरामा जोड दिनुपर्ने बताइन हामी स्थापना काल देखि नै हिमाल पहाड तराई का सबै क्षेत्र मा पुगेर न्यानो कपडा ब्याग कपि लगाएत वितरण गरियो अहिले पनि थप नयाँ कार्यमा अगाडि बढन उन्ले सुझाव दिदै नयाँ कार्यसमिति लाई आफुले सक्दो सयोग जहाँ भएनी गर्ने भन्दै २ वर्ष कार्यकाल सफल बनाइ काम गर्न शुभकामना दिइकी थिइन
नवनिर्वाचित अध्यक्ष पारसले सामाजिक क्षेत्रलाई मुख्य प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता जनाए छ्न उन्ले शिक्षा स्वास्थ्य र सरसफाइ लाई प्रमुख प्राथमिकता मा राखेर काम गर्ने बताए पहिलो पाइला नेपाल  ले जहिल्यै पनि शिक्षा क्षेत्र मा ठूलो लगानी गरिएको छ