Hamro Goreto
रेडियो रेसुङ्गा कि स्टेसन म्यानेजर अनिता खत्री पत्रकार महासंघ गुल्मी बाट सम्मानित
Tuesday, 13 Apr 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

गुल्मी : जिल्लाको पहिलो रेडियो रेसुङ्गा एफ.एम.का स्टेशन म्यानेजर अनिता खत्री सम्मानित हुनुभएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले नव वर्ष २०७८ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमको अवसरमा खत्रीलाई उत्कृष्ट महिला पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो।

स्टेशन म्यानेजर खत्री सम्मानित 


खत्रीले यस जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको महासंघले जनाएको छ। गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खादा सहित सम्मानपत्रले सम्मान गर्नुभएको थियो। खत्री विगत एक दशक देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ। यस अवसरमा खत्रीले आफ्नो कार्यका लागि उर्जा थपिएको बताउनुभएको छ।