Hamro Goreto
गैडहवा गाउँ पालिका सुर्यपुरा स्वास्थ्य चौकीमा अक्सिजन सहित १० बेड तयार जनताको स्वास्थ्य लाई प्रमुख प्राथमिकता मा राखेको अध्यक्ष केवट को भनाइ
Saturday, 08 May 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

रुपन्देही जिल्ला गैडहवा गाउँ पालिकाले कोरोना सन्क्रमित हरुको लागी अक्सिजन सुबिधा सहित सुर्यपुरा स्वास्थ्य चौकीमा 10 बेडको अस्थायी कोबिड १९ अस्पताल को स्थापना गरेको छ गैडहवा गाउँ पालिका अध्यक्ष बच्चुलाल केवट ले अब गैडहवा बासी हरु लाई कोबिड सम्बन्धि कुनै पनि समस्या आएको खण्ड मा पालिका को दुईवटा एम्बुलेन्स र गाउँ पालिका अध्यक्ष चढ्ने गाडी चौबीसै घन्टा निशुल्क सेवा मा उपलब्ध गराउने बताउनु भएको छ उहाँ ले मेरो लागि जनता नै ठूलो हुन उहाँ हरुले नि मलाई निर्वाचित गरेर स्थानीय सरकार को प्रमुख बनाउनु भो अहिले सबैलाई समस्या परेको छ यो समयमा मैले जनताको स्वास्थ्य लाई प्रमुख प्राथमिकता मा राखेर बिकास को केही बजेट स्वास्थ्य क्षेत्र मा जनताको लागि वयवस्था गर्ने अध्यक्ष केवट ले रेडियो कन्चन लाई जानकारी दिनु भयो उहाँ ले दोस्रो चरण को कोभिड ले निकै समस्या पारेको भन्दै यो समय गैडहवा गाउँ पालिका सबै घरमै बसेर कोभिड नियन्त्रणमा सयोग गर्न समेत अनुरोध गर्नु भयो उहाँ ले आफू ले प्रयोग गर्दै आएको नेपाल सरकार बाट मिलेको गाडी समेत बिरामी बोक्न लाई उपलब्ध रहेको बताउनु भयो म बरु साइकल मोटरसाइकल चढेर जनताको सेवा गर्छु तर जनताको स्वास्थ्य लाई पहिलो प्राथमिकता राख्छु भन्दै स्वास्थ्य जस्तो महत्त्वपूर्ण कुरा मा  राजनीतिक दल बुद्धिजीवी पत्रकार सञ्चारक्रमिले साथ प्रहरी र स्वास्थ्य क्रमिलाई सयोग गर्न अध्यक्ष केवट ले अनुरोध गर्नु भएको छ यस्तै गाउँ पालिका  उपाध्यक्ष , सुभावती यादव प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे वाड अध्यक्ष हरुले गाउँ पालिका भित्र जुनसुकै समस्या परेनी सम्पर्क गर्न अनुरोध गरेका छ उनी हरुले अध्यक्ष र सबैको लामो प्रयास ले १० बेड को हस्पिटल बनाउन सफल भएको बताएका छ्न  उनिहरुले आवश्यक परेमा  9804439050/9857016089.सम्पर्क  गर्न सबै लाई अनुरोध गरेकाछ्न