
रुपन्देहीको सैनामैना ८,बाँसगढिमा रहेको “गुलाब बहुद्धेश्य सहकारी संस्थाले सैनामैनाकाे काेभिड अस्पताललाई स्वास्थ सामाग्री खरिदका लागि सहयोग स्वरुप सैनामैना नगरपालिकालाई रु १ लाख ३० हजार उपलब्ध गराएको छ । संस्थाका अध्यक्ष गाेपाल भण्डारीले सैनामैना उपाध्यक्ष माया ज्ञवालि लगाएत को टिम ले नगरपालिकाका मेयर चित्र बहादुर कार्कीलाई रकम हस्तान्तरण गर्नुभएको रेडियो मलमला का कार्यलय प्रमुख टीका खरेल जानकारी दिनु भएको छ अहिले सैनामैना मा संस्थाहरुले सयोग गर्ने सबैलाई नगर प्रमुख ले धन्यवाद दिदै नगर ले सधैं कोभिड नियन्त्रणमा सबैको आवश्यकता रहेको बताउनु भयो ।