
लुम्बिनी प्रदेश बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाले एकैदिन दुई स्थानमा गरेकाे रक्तदान कार्यक्रममा १३५ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रम शहर केन्द्रित मात्र नभएर गाउँमा पनि विस्तार गर्ने उद्देश्य सहित अर्घाखाँचीकाे सन्धिखर्कमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा १२ जना महिला सहित ७० जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका बताइएको छ । जसमा ९० प्रतिशतभन्दा धेरै रक्तदाताहरुले पहिलाे पटक रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चाैहानले बताए सामुदायिक रेडियो कञ्चन लाई जानकारी दिदै हामी जुनसुकै समस्या मा पनि हाम्रो टिम ले बिकसित शहर काठमाडौ पोख्रेल लगाएत अन्य ठाउमा समेत समन्वय गरेर सकेसम्म कसैको पनि रगत को अभावमा ज्यान नजाहोस भने उहाँको भनाइ रहेको छ साथै उहाँ ले लुम्बिनी प्रदेश भरिनै बल्ड को लागि धेरै साथीहरू संग सहकार्य गरिएको भन्दै यस्मा सबै बुद्धिजीवी सञ्चारक्रमी राजनीतिक दल ले सयोग गर्दा अझ समाज मा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ रहेको थियोे साथै कृष्ण चौहान ले १८ वर्ष पूरा भएका ले गर्भवती सुत्केरी महिला ६० वर्ष उमेर पूरा भएको ले बल्डो दिन नसक्ने र अरु सबैले ३ ,३ महिनामा आफुले चाहेमा बल्ड दान गर्न सकिने बताउनुभयो कसैको शरीर बाट खेरा जाने बल्ड ले कसैको ज्यान वच्नसक्छ भने किन नगर्ने भन्दै नेपाल भरिनै हामी हरुले यो अभियान सुरुवात गर्ने उहाँको भनाइ रहेको छ निकै फूर्तिलो शरीरमा सबैसंग समन्वय गरेर अहिले उहाँ ले बुटवल बाट सबै जनता लाई निशुल्क रुप्ले रगत उपलब्ध गराउदै आउनु भएको छ साथै उहाँ ले यो अभियान मा सबैले सयोग गरेको मा आफ्नो टिम लगाएत सम्पूर्ण लाई धन्यवाद दिनु भएको थियोे
नेपाल विद्यार्थी संघ अर्घाखाँचीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा अध्यक्ष कृष्ण चाैहानको अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति भरतमणि भट्टराईले संयोजन गरेका गर्नु भएको थियोे ।
त्यसैगरी, प्रत्येक महिनाकाे अन्तिम शनिवार रक्तदान कार्यक्रम गर्ने तालिका अनुसार शनिबार बुटवल ब्लड बैंकमा ९९ औं मासिक नियमित रक्तदान कार्यक्रममा ६५ युनिट रगत जम्मा भएको कार्यक्रम संयोजक हरि ज्ञवालीले बताउनु भयो । लिम्घा रुपन्देही सम्पर्क समाज सह-आयोजक रहेको उक्त कार्यक्रमलाई डल्ले बुटवल रेष्टुरेन्टले प्रायाेजन गरेकाे थियाे ।
दुबै कार्यक्रमलाई सफल बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भीष्म के. सी. लगायतका पदाधिकारी तथा व्लड बैंकका प्राविधिक हरि सापकाेटा र चन्द्र बहादुर झेडिको विशेष भुमीका रहेको स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले जनाएको छ ।