Hamro Goreto
उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट सम्मानित भए राष्ट्रिय भलिबल टोलीका टेकराज अवस्थी
Monday, 18 Dec 2023 00:00 am
Hamro Goreto

Hamro Goreto

राष्ट्रिय भलिबल टोली तथा एपिएफका खेलाडी डडेल्धुराका टेकराज अवस्थी उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट सम्मानित भएका छन्।

बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार टेकराज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका हुन् ।

नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। भलिबलका माध्यमबाट खेलकुद विकासमा योगदान पुर्‍याएको भन्दै टेकराजलाई युवा पुरस्कारबाट सम्मानित गरिएको हो।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनलाई स्वर्णपदक र १० हजार रुपैयाँ प्रदान गरेका थिए।
डडेल्धुरा जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी भोजराज अवस्थीले टेकराजलाई पुरस्कारका लागि डडेल्धुरा जेसीजले सिफारिस गरेको थियो ।