Hamro Goreto
चौथो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १ गतेदेखि सञ्चालन
Monday, 25 Dec 2023 23:30 pm
Hamro Goreto

Hamro Goreto

आगामी माघको १ गतेदेखि ६ गतेसम्म हुने चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगितामा विजेता महिला तथा पुरुष दुवै टोलीले समान नगद ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ प्राप्त गर्नेछन्। यो गतवर्षको भन्दा ५५ हजार रूपैयाँ वृद्धि गरिएको हो। गत वर्षको विजेताले ५ लाख रूपैयाँ प्राप्त गरेको थियो।

त्यस्तै उपविजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थानमा रहने टोलीले नगद १ लाख २५ हजार ५ सय ५५ रूपैयाँ प्राप्त गर्ने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले बताए। पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रूपैयाँ पाउनेछन्।

दुवै इभेन्टका उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई १० हजार ५ सय ५५ रूपैयाँबराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने ग्रुपका अध्यक्ष शर्माले जानकारी दिए दुई विदेशी टोलीले सहभागिता जनाउनेछन्।

प्रतियोगितामा महिलातर्फ हरियाणा पुलिस क्लब ९भारत० र पुरुषतर्फ श्रीलंका आर्मी टिम९श्रीलंका० ले प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोटर््स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने अध्यक्ष शर्माले जनाए। तेस्रो संस्करणमा भने महिलातर्फ नेपाल पुलिस क्लब सहभागी थिएन।

महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोटर््स, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र नेपाल पुलिस क्लबको सहभागिता रहेको उनले जानकारी दिए। चौथो संस्करणको प्रतिस्पर्धाको लागि ग्रुपले पोखरा रंगशालाभित्रको भलिबल प्रशिक्षण केन्द्रको मैदानलाई मर्मतसम्भार सुरु गरिसकेको छ।