
परम्परागत रुपमा विभिन्न रंग खेलि मनाइने पर्व होली अर्थात फागु पूर्णिमाको अवसरमा बुटवल ११ एम.जी. क्लवले होलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । फागु पूर्णिमा रंगको पर्व मानिने हुँदा एक आपसमा मिलन, सदभाव एंव खुशी साटिने पर्व पनि मानिन्छ ।
त्यसकारण एम.जी. क्लवका कार्य समिती र सल्हाकार तथा सदस्यहरु बिच रंग लगाएर मित्रता र सदभावको साथ होलिको शुभकामना आदान प्रदान गरी एक अर्कामा खुशी साटेर कार्यक्रम मनाएका थिए ।

साथै कार्यक्रममा क्लवका सल्हाकार विष्णु थापाले होली पर्व किन मनाइन्छ भन्ने बारे प्रस्ट पारेका थिए भने यही हाेली कार्यक्रमकाे अवसर पारेर पाल्पा जिल्ला बगनासकालि गाउँपालिका वडा नं. ४ खानिछाप बस्ने नरबहादुर चर्तिको छोरा २३ वर्षे डम्बर चर्तिको दुवै मृगौलाले काम नगरेको हुँदा सिद्धार्थनगर सि.टी. हस्पिटलमा उपचार भैरहेकोले बिरामी डम्बर चर्तिलाई एम.जी. क्लवले रु.१०,१०० (दस हजार एक सय) रुपैया सहयोग गर्ने क्लवका अध्यक्ष ओम बहादुर सारुले बताएका छन् ।
उक्त कार्यक्रममा क्लवका मार्ग दर्शक, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, सल्हाकार तथा कार्य समितीका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।