Hamro Goreto
महाविर पुनको पुस्तक वितरणमा एम.जी. क्लवको सहयोग
Sunday, 14 Apr 2024 23:30 pm
Hamro Goreto

Hamro Goreto

सच्चा राष्ट्र प्रेमको भावना बोकर नागरिकको लागि काम गर्ने देश भक्त महाबिर पुन आज बुटवल देविनगरकाे एम.जी. क्लबसँगै आफ्नो जिवनी लेखेको पुस्तक वितरण कार्यक्रममा सहभागी भएका थिए।

क्लबले वैशाख ३ गते सोमबारका दिन बिहान ८ बजे बुटवल ११ देविनगर चौपारीमा महाबिर पुनलाई सह‌योग गर्न पुस्तक वितरण कार्यकम राखेको थियो । कार्यक्रममा एम.जि. क्लवको सहयोगमा १०९ थान पुस्तक वितरण गरी क्लवले सहयोग पुराएको क्लवका अध्यक्ष ओम सारुले बताएका छन्। 

उक्त पुस्तक पहिला र अहिले गरी ३६ थान भन्दा बदि क्लबले लिएको छ भने अन्य पुस्तक देबिनगर चौपारीमा क्लवले प्रत्येक्ष रुपमा वितरण गरी महाविर पुनलाई सहयोग पुराएका थिए। यसैगरी एम.जी. क्लवले थुप्रै सामाजिक काम गरी यो समाजमा टेवा पुराउदै आइरहेकोले बेला बेला समाजिक काममा जुटेको क्लवका अध्यक्ष ओम सारुले बताएका छन्।

 विरगन्जको कृषि औजार कारखाना २०२४ सालमा रुस सरकारले नेपाल सरकारलाई बनाई दिएको थियो त्यो कारखाना २०४९ सालबाट बन्द रहेकोले कारखानालाई पुनः संचालनमा ल्याउने योजनाले पूर्व मेचि देखि पश्चिम महाकालिसम्म देशव्यापि रुपमा पुस्तक वितरण अभियान लिएर हिडेका राष्ट्र प्रेमि महाविर पुन अहिले सम्म २८ वटा जिल्लामा पुगेको बताए।