Hamro Goreto
नेकपा एमाले, तिनाउ गाउँ कमिटीद्वारा आयोजित प्रथम पार्टी प्रशिक्षण कार्यक्रम
Friday, 19 Apr 2024 00:00 am
Hamro Goreto

Hamro Goreto

नेकपा एमाले,तिनाउ गाउँ कमिटी, पाल्पाको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठक दोभानमा शुक्रबार सम्पन्न भयो । साथै बैठकपछि उनीहरुका लागि पार्टी प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रशिक्षणमा संघीय सांसद माननीय ठाकुरप्रसाद गैरे र तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउको एकीकृत विकास र सम्भावनाका विषयमा सहजीकरण गरेका थिए ।  त्यसै गरी सूचना,प्रविधि र पार्टीका सन्दर्भमा प्रदेश सांसद एवम् पार्टीका नेता खेमबहादुर सारुले सहजीकरण गर्दै सूचना तथा प्रविधिसँग पार्टीलाई जोड्नु पर्नेमा उनले जोड दिएका थिए । 

साथै प्रशिक्षणमा प्रदेश स्कुल विभागका उपप्रमुख दलबहादुर गुरुङले पार्टी प्रश्नोत्तर  र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ओमबहादुर घर्तिमगरले दर्शन र सिद्धान्तका बारेमा सहजीकरण गरेका थिए । 

प्रशिक्षणमा नेकपा एमाले,रुपन्देही स्कुल विभागका प्रमुख युवराज घिमिरेले वैठक सञ्चालन र माइन्यूट लेखन सम्बन्धि विषयमा सहजीकरण गरेका थिए । 
 पार्टी जिल्ला उपाध्यक्ष देवीलाल लामिछाने,रोमबहादुर लम्तरी र विकास अर्यालले प्रशिक्षण प्रभावकारी भएको बताएका छन् ।